कृष्ण कुमार शाही । बाँके
बैजनाथ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई रारा प्राथमिक विद्यालयले सम्मान तथा बधाई कार्यक्रम गरेको छ ।
बुधबार एक औपचारी कार्यक्रम गरी विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा बधाई कार्यक्रम गरेको हो ।
यस्तै रारा प्राथमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्का र विद्यालयका अध्यक्ष छेगु रावलले गाउँपालिकाका जनप्रतिनिधिहरुलाई खादा तथा अविर लगाएर बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
सो अवसरमा पालिकाका जनप्रतिनिधिहरुले विद्यालयमा भएका समस्याहरुको समाधान गर्नका लागि पहल गर्ने आश्वासन दिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्