Kohalpur Today Header Ads

उद्घाटन गर्दागर्दै भत्कियो पुल, नालामा खसे मेयर




मेक्सिकाे ।

मेेक्सिकोको दक्षिणी शहर कुएर्नाभामा एउटा पुल भत्किँदा मेयरसहित दर्जनौं मानिस घाइते भएका छन्।

शहर छेउको रमणीय स्थलमा बनेको झोलुङ्गे पुल उद्घाटन गर्दागर्दै भत्किएको अधिकारीहरूले जनाएका छन्।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उद्घाटनका लागि पुलमाथि हिँडिरहेका मेयर जोसे लुइस उरिओस्टेगुइसहित दर्जनौं शहरका अधिकारीहरू नालामा खसेका हुन्।

‘पुलको उद्घाटन समारोह चलिरहेको थियो। त्यसका लागि थुप्रै मानिसहरू पुलमाथि हिँडिरहेका थिए। लगतै झोलुङ्गे पुल भत्कियो। अनि नालामा खसे,’ भिडियो खिचिरहेका एक पत्रकारले भने।

उद्घाटनपूर्व पुल भत्किँदा थुप्रै मानिसहरू नालामा खसेर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

पुल काठको बोर्ड र फलामबाट बनेको थियो। मोरेलोस राज्यका गर्भनर कुउहटेमोक ब्लान्कोले मयेर जोसे लुइस उरिओस्टेगुइ नालामा खसेको पुष्टि गरेका छन्।

स्थानीयवासीका अनुसार क्षमताभन्दा बढी मानिस त्यहाँ पुग्दा झोलुङ्गे पुल भत्किएको हो। पुल भत्किएपछि मेयर नालामा खसेको भिडियोले यतिबेला सामाजिक सञ्जाल तातेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २५ गते बुधबार