दाङ ।
दाङमा आमाले नै १६ महिने छोरीलाई सेफ्टी ट्यांकीमा फालेर मारेकी छन् । राप्ती गाउँपालिका वडा नं–३ मसुरिया निवासी एक १५ वर्षीया आमाले १६ महिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर मारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले बताए । आज विहान ४ बजेतिर ती १५ वर्षीया आमाले आफू ट्वाइले (चर्पी) गएको समयमा छोरी हराएको भनेर गाउँमा हल्ला गरेकी थिइन ।
त्यसपछि ईलाका प्रहरी कार्यालय भालुवाङबाट घटना स्थलमा गएर प्रहरीले घटनाका बारेमा बुझेको थियो । शंकास्पद देखेपछि प्रहरीले आमालाई पक्राउ गरेर सोधपुछ गरेपछि आमाले नै सेफ्टी ट्यांकीमा फालेको खुलेको प्रहरी प्रमुख काफ्ले बताए । ‘विहान सेफ्टी ट्यांकीमा शिशु भेटिएको खबर आयो । हामी त्यहाँ गएर आमालाई सोधपुछका लागि पक्राउ गर्यौँ,’ उनले भने, पहिले आफू चर्पी गएको समयमा छोरी हराएको भनेकी थिइन ।
पछि उनले आफैले नै सेफ्टी ट्यांकीमा छोरी फालेको स्वीकार गरेकी छन् ।’ दुध खुवाउँदा आफ्नो दुध नआएको र छोरी रोइरहेपछि त्यहि रिसको समयमा १६ महिने छोरीलाई सेफ्टी ट्यांकीमा हालेको बुझिएको काफ्लेले बताए । मृतक १६ महिने शिशुको शवलाई अहिले लमही अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्