कोहलपुर ।
अखिल नेपाल महिला संघ (समाजवादी) बाँकेले सामूहिक बलात्कारको घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कारवाहीको माग गर्दै विज्ञेप्ती जारी गरेको छ ।
बुधबार विज्ञेप्ती जारी गर्दै अनेमसंघ(समाजवादी) बाँकेकी अध्यक्ष नारायणी वलीले उक्त घटनाबाट पिडित किशोरीलाई संरक्षण, स्वास्थ्य उपचार र मनोपरामर्श हुनेपर्ने बताएकी छिन् ।
‘झुठो प्रेमको जालमा पारेर नशा सेवन गराई क्रुर, पाशतिक, जघन्य अपराधको खेद प्रकट गर्दछौं । साथै उक्त घटनाबाट पिडित किशोरीको उचित संरक्षण, स्वास्थ्य उपचार र मनोपरामर्श सहयाताको लागि सम्बन्धीत सरोकारवाला समक्ष ध्यानाकर्षण गराउँदै उपराधमा संलग्न सबै दोषीहरु उपर हदैसम्मको सजायको लागि जोडदार माग गर्दछौं ।’ अध्यक्ष वलीको हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।
विज्ञेप्ती हेर्नुहोस् ।
प्रकाशित मिति : २०७९ जेठ २५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्