इम्स दपर्ण कम्प्युटर इन्स्च्यिूटद्वारा विद्यार्थीहरुलाई बैकिङ्ग कोर्ष सम्बन्धी प्रशिक्षण




कोहलपुर

बाँकेको कोहलपुर नगरपालिका ११ साँझा चोकमा रहेको इम्स दपर्ण कम्प्यूटर इन्स्च्यिूटले विद्यार्थीहरुलाई बैकिङ्ग कोर्ष सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इम्स दपर्ण कम्प्यूटर इन्स्च्यिूटका अध्यक्ष मोहन खत्रीको अध्यक्षतामा बैकिङ्ग कोर्ष सम्बन्धी प्रशिक्षण सम्पन्न भएको थियो ।

बैकिङ्ग कोर्ष सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको अध्यक्ष खत्रीले बताए । ‘अहिले बाँके जिल्लाकै उत्कृष्ट र नूमना कम्प्यूटर इन्स्च्यिूट बनेको छ’ उनले भने, ‘भारतको व्याङ्लोरमा अध्ययन गरी आउनुभएका आइटीहरुबाट अध्यापन गराइन्छ ।’ अहिले दपर्ण कम्प्यूटरमा २ सय ५० भन्दा बढि विद्यार्थीहरु रहेको खत्रीको भनाई थियो ।

यस्तै प्र्रशिक्षक तुलाराज जोशीले बैकिङ्ग कोर्ष सम्बन्धी अवधारण, डिजिटल बैकिङ्ग र विभिन्न खाताहरुको बारेमा जानकारी दिएका थिए । अहिले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जालमार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपुर्ण विषयहरुमा प्रशिक्षण दिएका थिए ।

यस्तै बागेश्वरी क्याम्पसका प्रध्यापक कृष्ण अधिकारी र न्यू बागेश्वरी एकेडेमीका तिलक केसीले बैकिङ्ग कोर्ष सम्बन्धी उत्प्रेरणात्मक प्र्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रममा प्रबन्ध निर्देशक सुदिप क्षेत्री, आइटी म्यानेजर खेम चौधरी, आइटी दिपेन्द्र रावल, माकेटिङ्ग भुवन गौतम र लेखापाल प्रतिभा न्यौपाने उपस्थिति रहेको थियो ।

सो प्रशिक्षण तालिममा ७० जना विद्यार्थीहरुको उपस्थित रहेको थियो भने कार्यक्रम सञ्चालन पावर्ती आचार्यले गरेकी थिइन् ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २५ गते बुधबार