सल्यानकाे बागचौर नगरपालिकाका प्रमुख र उपप्रमुखकाे ८ बुँदे निर्देशन

सुदाम शर्मा, सल्यान

सल्यानकाे बागचाैर नगरपालिकाका प्रमुख र उपप्रमुखले ८ बुँदे  निर्देशन दिएका छन् । नव निर्वाचित नगर प्रमुख जनकराज गाैतम र उप-प्रमुख सुम्निमा डि.सी (वली) लाई स्वागत तथा सम्मान कार्यक्रममा यस्ताे निर्देशन दिएका हुन् । बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमालले प्रमुख र उपप्रमुखले दिएकाे निर्देशनलाइ पुर्ण पालना गराउने प्रतिबद्धा व्यक्त गरे ।

यस्ता छन प्रमुख र उपप्रमुखकाे निर्देशन:-

  • प्रगति विवरण सम्बन्धित साखाले अनिवार्य रुपमा पेश गर्ने ।
  • आवश्यक कानुन निर्माण प्रक्रिया अगाडि बढाउने ।
  • कार्यप्रति पूर्ण बफादार भई सम्पादन गर्नु पर्ने ।
  • याेजना अनुगमन कार्यलाई तिव्रता प्रदान गरिने ।
  • सानातिना झैझगडाहरु सकभर वडामा मिलाउने वातावरण तयार गर्ने ।
  • कर्मचारीकाे अतिरिक्त खटनपटन लाई व्यवस्थापन गरिने ।
  • भुक्तानी प्रक्रिया सहज र छिटोछरितो प्रदान गर्ने ।
  • कार्यालय चुस्त र दुरुस्त गर्ने ।
  • सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नु पर्ने ।