राजापुर–गुलरिया जाने सडकखण्ड स्थानीयद्वारा अवरुद्ध




काेहलपुर ।

बर्दियाको राजापुर–गुलरिया जाने सडकखण्ड स्थानीयद्वारा अवरुद्ध गरेका छन् ।

सोमबार विहान करिब ९ बजे बर्दियाको मधुवन नगरपालिका – २ सोनाहा गाउँमा आफ्नै खेतमा काम गरिरहेकी अवस्थामा अस्मिता थारुलाई बाघले आक्रमण गरेको थियो ।

बाघको नियन्त्रण र पीडित परिवारलाई क्षतिपूर्ति नदिएको स्थानीयबासीहरूले अहिले(मंगलबार) बिहान नै देखि राजापुर–गुलरिया जाने सडकखण्ड बन्द गरेका छन् ।

बाघ नियन्त्रणको माग राखेर स्थानीयबासीले सोमबार दिउँसो साढे एक बजेदेखि ओराली बजारमा प्रर्दशन गरेका थिए ।

प्रदर्शनकारीले सडक अबरुद्ध पारेपछि सोमबार बेलुका ६ बजेतिर प्रहरीले बल प्रयोग गरेर बाटो खुलाउन प्रयास गरेको थियो ।

सो क्रममा स्थानीयबासी र प्रहरीबीच दोहोरो झडप हुँदा १८ वर्षीया नविना थारुको मृत्यु भएको थियाे । फेरी मंगलबार बिहानै देखि सडक अवरूद्ध गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २४ गते मंगलबार