रुपेन्देहीमा पुलबाट बस खोलामा खस्दा ९ जनाको मृत्यु, १५ जना गम्भीर घाइते




दाङ, जेठ २२ ।

रुपन्देहीमा यात्रुवहाक बस पुलबाट खोलामा खसेको छ । बस खोलामा खस्दा ९ जना यात्रुको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको अवस्था सिरियर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

उनका अनुसार घाइते ९ जनाको अवस्था मध्ये र २ जना सामान्य रहेका छन् । घाइतेहरुको मेडिकल कलेज भैरहवा र भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।

दुर्घटनामा एक जना महिला र ८ जना पुरुषको मृत्यु भएको भनिएपनि परिचय भने खुलेको छैन ।

जनपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका स्थित रोहिणी पुलबाट आज विहान साढे ४ बजे खोलामा खसेको थियो ।

बस दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । घटनाका सम्बन्धन थप अनुसन्धान भइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २२ गते आइतबार