वडा अध्यक्ष ओपेन्द्रनाथ योगीद्धारा आगामी वर्षको लागि टोल-टोलमा गई योेजना छनौट गर्ने




कोहलपुर ।

कोहलपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले आगामी वर्षका लागि योजना छनौट कार्यक्रमलाई तिव्रता दिएका छन् । आफ्नो वडामा भएका गतिविधिहरुलाई नजिकबाट विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागितामा योजनाहरु छनोट गरिनेछ ।

सोही क्रममा कोहलपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ओपेन्द्र नाथ योगीलले पनि आज(आइतबार) देखि योजना छनौट कार्यक्रम राखेका छन् । उनले पिपरी, भवानीपुर, झण्डहवा, गणेश र मधेसी मुस्लिम टोलमा आगामी वर्षको लागि योजना छनौट सम्बन्धी कार्यक्रम राखेका कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

यस्तै मधेसी मुस्लिम टोलमा आज (आइतबार) बिहान ८ बजे, गणेश टोल र झण्डहवा टोलमा आज (आइतबार) बेलुका ५ बजे आगामी वर्षको योजना छनौट सम्बन्धी कार्यक्रम रहेको छ ।

भवानी चोकमा भोली (सोमबार) २३ गते बिहान ८ बजे आगामी वर्षको योजना छनौट सम्बन्धी कार्यक्रम रहेको छ । वडा अध्यक्ष योगीका अनुसार आगामी वर्षको योजना तयार गर्नका लागि सबै राजनितिक दल, टोल कमिटिका पदाअधिकारी, विभिन्न संघसंस्थाहरुलाई उपस्थितिको लागि आग्रह गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २२ गते आइतबार