१५ महिने नबालकलाई उपचारको लागि कोरियाबाट आर्थिक सहयोग

कोहलपुर ।

कोहलपुर नगरपालिका-११ पिपलचौतारा नजिकै बसोबास गर्ने चन्द्रारानी थारुको छोरा १५ महिने नबालक देवान थारुको उपचारका लागि कोरियाबाट आर्थिक सहयोग गरेका छन् । कोरियामा रहेका कोहलपुर नगरपालिका-१२ मा बस्ने टिकाजंग चन्दले आफु र आफ्ना साथीहरुबाट आर्थिक सहयोग नेपाल पठाएका हुन् ।

शनिबार कोहलपुर १२ को वडा कार्यालयमा वडा अध्यक्ष विरेन्द्र कुमार शाहको रोवहरमा देवान थारुको आमा चन्द्ररानी थारुलाई ४६ हजार १ सय ११ रकम हस्तान्तरण गर्दै ।

यहि जेष्ठ ४ गतेका नास्ता पसलमा चाउमिन उमालेको तातो पानी शरिरमा खनिएपछि पुरै शरिर नै जलेको थियो । एउटै उमेर समूहका बालबालिकाहरु खेलिरहेको बेलामा अर्को सोही उमेर समूहका नबालकले देवान थारुको शरिरमा तातो पानी खनाएकाे आमा चन्द्ररानी थारुले बताइन् । ‘उपचारको लागि विपन्न परिवार भएपछि उपचारमा समस्या भएको थियो’ उनले भनीन्, ‘निर्वतमान वडा अध्यक्ष कर्ण सिंह थापाले आर्थिक सहायतका लागि किर्तिपुर अस्पताल काठमाण्डौं सिफारिस गर्नुभयोे ।’ वडा कार्यालयको सिफारिस लिएर काठमाण्डौं गए र अहिले  केही सुधार भएकाे आमा चन्द्ररानी थारुले बताइन् ।

रकम हस्तान्तरपछि नबालक देवाद थारु, आमा चन्द्ररानी थारु र राधा शाह ।

उपचारमा केही सौलियत भयो । त्यसपछि अझै आर्थिक नपुगेपछि सामाजिक सञ्जालमा सहयोगको अपिल गरेको थारु बताउँछिन् । सो अपिल देखेपछि कोरियामा गएका कोहलपुर नगरपालिका १२ का टिकाजंग चन्दले शरिर जलेको नबालकको फोटो देखेपछि उनको मनमा दया पलायो ।

त्यसपछि घरमा परिवारलाई सहयोग गर्नुपर्ने भन्दै फोन आयो र जानकी पुनले समन्वय गर्नुभयो उनी चन्दकी श्रीमती राधा शाहले बताइन् । कोरियामा रहेका २० जना दाजुभाईले नबालकको उपचारको लागि सहयोग गर्ने निर्णय गरी राधालाई रकम पठाए ।

सो रकम राधाले शक्रबार कोहलपुर १२ को वडा कार्यालयमा वडा अध्यक्ष विरेन्द्र कुमार शाहको रोवहरमा देवान थारुको आमा चन्द्ररानी थारुलाई ४६ हजार १ सय ११ रकम हस्तान्तरण गरिएको थियो । सो रकम संकलनका लागि समन्वय भने जानकी पुनले गरेकी थिइन् ।

अहिले  केही सुधार भएकाे नबालक देवान थारूकाे शरिर ।

कोरियाबाट राहत संकलनकर्ताहरुको विवरण