‘अस्पतालभित्रका फार्मेसीले अपराध गर्न थाले राज्यको ध्यान जाओस्’




काेहलपुर  ।

नेपालका सरकारी अस्पताल परिसरमा सञ्चालन गरिएको फार्मेसीलले सर्वसाधारणलाई राहत दिनुको सट्टा आहत गराइरहेको छन् । सरकारी अस्पतालका डाक्टरहरुले परिसरमा भएको औषधी फार्मेसीलाई लेखेको औषधी नै हुँदैन त्यसपछि चार गुणासम्म बढि मुल्य तिरेर विरामीहरुले किन्ने गरेको तथ्थ बाहिर आएको छ ।

त्यतिमात्र होइन चिकित्सकले सुझाएको औषधि पूर्णतः बदलेर अर्कै औषधि दिने गरेको तथ्य भेरी अस्पतालका एकजना चिकित्सकले सार्वजनिक गरि दिएका छन् । सामाजिक संजालमै सरकारी अस्पतालभित्र सञ्चालित फार्मेसी सेवाप्रति भेरी अस्पतालका अर्थोपेडिक विभागका प्रमुख अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्काले सामाजिक सञ्जाल मार्फत अस्पतालभित्रका यस्ता फार्मेसीहरु नेपाली जनता लुट्ने अखडा बनेको बताएका छन् ।

अस्पतालभित्रका फार्मेसीले सोझा विरामीलाई नेपाली कम्पनीको औषधि पनि भारतीय रुपैयाँमा रुपान्तरण गरेर असुल्ने गरेको खुलासा समेत डा. खड्का गरे । उनले यस्ता अपराधमा कर्ममा संलग्नहरुलाई नियमन गर्न राज्यको ध्यानाकर्षण हुनुपर्ने भन्दै सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्–‘नेपाल सरकार अन्तर्गतका अस्पतालहरुभित्रको फार्मेसी सेवा नेपाली जनता लुट्ने अखडाको रुपमा स्थापित हुँदैछन् । चिकित्सकले सुझाएको औषधि पूर्णत बदलेर दिने, सोझो बिरामीलाई नेपाली कम्पनीको औषधि पनि भारतीय रुपैयाँको रुपान्तरणमा लिनेलगायतका अपराधमा राज्यका निकायहरु तथा नागरिक समाजको ध्यान जाओस ।’

सर्वोच्च अदालतको आदेशपछि सरकारले बिरामीलाई सुविधा दिन, अस्पतालको आयस्रोत बढाउन र रोजगारीसमेत सिर्जना गर्न २०७२ मा हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने व्यवस्था गरेको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार