त्रिभुवन माविमा कक्षा ४, ७ र ९ को नयाँ पाठ्क्रम सम्बन्धी प्रबोधिकरण हुने

FIle Photo

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले नयाँ पाठ्यक्रम सम्बन्धी प्रबोधिकरण कार्यक्रम हुने भएको छ । कोहलपुर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै भोली (शनिबार २१ गते) बिहान ८ बजेदेखि नयाँ पाठ्यक्रम सम्बन्धी प्रबोधिकरण कार्यक्रम हुने जानकारी दिएको छ ।

यस्तै नगर शिक्षा शाखाका प्रमुख रविलाल मिजारका अनुसार पाँच वटा सेक्सनमा प्रबोधिकरण कार्यक्रम हुने बताए । उनका अनुसार कक्षा ४, ७ र ९ को नेपाली, अंग्रेजी, सामाजिक, विज्ञान र गणित विषयमा नयाँ पाठ्यक्रम परिमार्जन भएकोले सो विषयमा जानकारी दिई अध्ययन अध्यापनमा सहजता ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको नगर शिक्षा शाखा प्रमुख मिजारले बताए ।

सो प्रबोधिकरण गर्नका लागि विषय अनुसार फरकफरक प्रशिक्षकहरु राखिएको छ, जसमा नेपालीमा श्रीभद्र सुवेदी, अंग्रेजीमा दिलिप वली र रवि मिजार, सामाजिकमा सुमित्रा न्यौपाने, विज्ञानमा आमोद कुमार बर्मा र गणितमा मोहन चौधरीले प्रशिक्षण दिनेछन् ।

यस्तै सो तालिममा तीन तहमा विभाजन गरिएको छ जसमा आ.वि (१-५), आ.वि.(१-८) मावि (१-१२) रहेको छ भने सो तालिममा १५ जनाको सहभागिता रहनेछ ।

सूचना हेर्नुहोस् ।