काेहलपुर ।
आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।
स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।
समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।
साे विनियाेजन गरिएकाे मध्ये संघीय सरकारले ल्याएको बजेटमा बाँकेले ४ अर्ब बढि बजेट पाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बाँकेले कुल ४ अर्ब १५ करोड ७३ लाख बजेट पाएको हो । बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकाका लागि उक्त बजेट विनियोजन भएको हो । बाँकेमा सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिका र सबै भन्दा कम नरैनापुर गाउँपालिकाले बजेट पाएकोछ ।
चालु तर्फ ३ अर्ब ६६ करोड ४४ लाख र पुँजीगत प्रकृति ४९ करोड २९ लाख गरि बाँकेलाई कुल ४ अर्ब १५ करोड ७३ लाख बजेट विनियोजन गरिएकोछ ।
समानीकरण अनुदानतर्फ बाँकेले एक अर्ब ४६ करोड १६ लाख, सशर्त अनुदानतर्फ (चालु र पुँजीगत प्रकृति) २ अर्ब ४९ करोड ५८ लाख, विशेष अनुदानतर्फ (चालु र पुँजीगत प्रकृति) १० करोड ८० लाख, समपुरक अनुदान (पुँजीगत प्रकृति) ९ करोड १९ लाख गरि बजेट पाएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले समानीकरण अनुदानतर्फ एक अर्ब ४६ करोड १६ लाख, सर्शत अनुदानतर्फ ५७ करोड एक लाख, विशेष अनुदानतर्फ २ करोड, समपुरक अनुदान २ करोड ७५ लाख गरि कुल ९५ करोड ७५ लाख बजेट पाएको हो ।
कोहलपुर नगरपालिकाले समानीकरण अनुदानतर्फ २१ करोड ७ लाख, सर्शत अनुदानतर्फ ३४ करोड ८४ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख, समपुरक अनुदानतर्फ ६० लाख गरि कुल ५८ करोड एक लाख पाएकोछ ।
यस्तै खजुरा गाउँपालिकाले समानीकरण अनुदानतर्फ १६ करोड ७९ लाख, सर्शत अनुदानतर्फ ३३ करोड ९५ लाख, विशेष अनुदानतर्फ ८० लाख, समपुरक अनुदानतर्फ ७० लाख गरि कुल ५२ करोड २४ लाख पाएकोछ ।
जानकी गाउँपालिकाले समानीकरण अनुदानतर्फ १३ करोड ३९ लाख, सर्शत अनुदानतर्फ १७ करोड ४८ लाख, विशेष अनुदानतर्फ ती करोड, समपुरक अनुदानतर्फ एक करोड ६० लाख गरि कुल ३५ करोड ४७ लाख पाएकोछ ।
डुडुवा गाउँपालिकाले समानीकरण अनुदानतर्फ १३ करोड १५ लाख, सर्शत अनुदानतर्फ २१ करोड ९१ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख, समपुरक अनुदानतर्फ ९० लाख गरि कुल ३७ करोड ४६ लाख पाएकोछ ।
नरैनापुर गाउँपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड २१ लाख, सर्शत अनुदानतर्फ ३० करोड ३८ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख, समपुरक अनुदानतर्फ एक करोड १० लाख गरि कुल ३५ करोड १९ लाख पाएकोछ ।
बैजनाथ गाउँपालिका समानीकरण अनुदानतर्फ १७ करोड ५० लाख, सर्शत अनुदानतर्फ २९ करोड ३६ लाख, विशेष अनुदानतर्फ ५० लाख, समपुरक अनुदानतर्फ एक करोड ५४ लाख गरि कुल ४८ करोड ९० लाख पाएकोछ ।
विशेष अनुदान र समपुरक अनुदानतर्फ कुनै पनि बजेट नपाएको राप्तीसोनारी गाउँपालिकाले समानीकरण अनुदानतर्फ १८ करोड ६ लाख, सर्शत अनुदानतर्फ ३४ करोड ६५ लाख गरि कुल ५२ करोड ७१ लाख बजेट पाएकोछ ।
कुन स्थानीय तहले कति पाए बजेट ? सूची हेर्नुस्
प्रतिक्रिया दिनुहोस्