काेहलपुर ।
नेपालगन्जको धम्बोझी चोकमा केही समय अघि राखिएको स्व. राजा वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ ।
त्यसक्रममा झडप हुँदा गोली चलेको छ । प्रत्यक्षदर्शील ५/६ राउण्ड हवाई फायर भएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले टियर ग्याँस चलाएको पुष्टि गरेको छ । झडपमा प्रहरी र आन्दोलनकारी दुवै दर्जन बढी घाइते भएका छन् ।
चोकलाई अहिले सशस्त्र र जनपद प्रहरीले घेरा हालेको छ । आवतजावत रोकिएको छ ।
अहिले झडप रोकिनुको साथै स्थिति प्रहरीले नियन्त्रणमा रहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्