कोहलपुर ।
तल्लो तहलाई होइन माथिल्लो तहलाई निःशुल्क शिक्षा निति बनाउन जरुरी भएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् ।
बुधबार संस्थागत विद्यालयहरुका संगठन प्याब्सन, एन प्याब्सन र क्रिसा बाँकेको आयोजनामा भएको कार्यक्रममा बोल्दैै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले यस्तो बताएका हुन् ।
माथिल्लो तह जस्तै पिएडी, एमफिल, मास्टर, डिग्री तहको पढाई निकै मंहगो भएको छ भने तल्लो तहको शःशुल्क लिनुपर्ने शिक्षा निति बनाउने पर्ने बताएका छन् ।
‘क्षमतावान, योग्य व्यक्तिहरुले पिएडी, एमफिल, मास्टर, डिग्री र त्यो भन्दा माथिल्लो तहमा शिक्षा प्रदान गर्ने विषयमा अध्ययन गर्न पाएका छैनन’ उनले भने, ‘संघिय, प्रदेश र स्थानीय तहले तल्लो तहभन्दा माथिल्लो तह निःशुल्क गर्ने विषयमा शिक्षा निति बनाउनुपर्छ ।’ अहिले नेपाल सरकारले तल्लो तहलाई मात्र निःशुल्क शिक्षा निति बनाएको छ त्यसलाई परिमार्जन गरी माथिल्लो तहलाई निःशुल्क बनाउनुपर्ने आचार्य बताउँछन् ।
आचार्यका अनुसार सामुदायिक र संस्थागत विद्यालयको बुझाई बदलनुपर्ने बताए । ‘संस्थागत विद्यालय भनेका लुटनैका लागि खोलेको र सामुदायिक विद्यालय भनेका बसीबसी तलब खाने भन्ने हुँदैन’ उनले भने, ‘यि दुबै शैक्षिक संस्थाहरुको एउटै उदेश्य हो ।’
यसलाई संगसंगै लैजानका लागि कोहलपुरमा के कस्तो शिक्षा निति वा कार्यविधि बनाउनुपर्ने हो त्यसको लागि छलफलको विषयबाट टुङ्ग्याउनुपर्ने बताए । त्यसका लागि कोहलपुरमा रहेका संस्थागत विद्यालयका संगठनहरु एकिकृत भएर आउन आग्रह समेत गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्