कोहलपुर ।
कोहलपुरका सामुदायिक विद्यालयहरुमा नयाँ भर्ना नलिएको भन्दै ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन् । सोमबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी जिल्ला समिति बाँकेले कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्र्रसाद आचार्यलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।
भौतिक पुर्वाधार जनशक्ति अभाव रहेको भन्दै कोहलपुर १० मा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालय र कोहलपुर १ मा रहेको कृष्ण माध्यमिक विद्यालयमा नयाँ भर्ना लिन नमानेको भन्दै नगर प्रमुख आचार्यलाई अखिल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी जिल्ला समिति बाँकेका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा सो ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।
ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष बस्नेतले भने, हरेक बालबालिकाले पढ्न पाउने नैस्रगिक अधिकार हो, यहाँ विभिन्न बहानामा पढ्नबाट बञ्चित गराउन नमिल्दैन । तर संस्थागत विद्यालयहरुमा अनुमति बिना कक्षा सञ्चालन गरेका छन् त्यसको अनुगमन गरी कारवाही नगर शिक्षाले गर्नुपर्ने होइन । त्यसमा पनि संस्थागत विद्यालयले दिनुपर्ने १० प्रतिशत रकम समेत उपलब्ध गराउन नसकेको भन्दैै ध्यानाकर्षण पत्र बुझाउनु परेको उनले बताए ।
ज्ञपान पत्र बुझ्दै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले के कति कारणले भर्ना लिन मानेको छैन त्यसको समाधानका लागि पहल गर्ने बताएका छन् । ‘जहाँ अहिले भर्ना नलिएको भन्दै आउनुभएको छ तर त्यहाँ गुणस्तरीय शिक्षा भएरैै होला उनले, ‘तर अन्य सामुदायिक विद्यालयमा के कस्तो अवस्था छ ? सबै कोहलपुरका सामुदायिक विद्यालयमा भर्ना लिन नमानेका हुन् या यि दुई विद्यालयमा मात्र हो । सो विषयमा वास्तविक विवरण लिई यो समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाए ।
यस्ताे छ ध्यानाकर्षण पत्र,

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्