रुकुम पश्चिममा जिल्ला बासिको चहलपहल घटदो




कोहलपुर  ।

५२ टाकुरी ५३ पोखरीले सामान्य ज्ञानले चर्चा कमाएको रुकुम जिल्लामा ४३ गा.वि.स. थिए भने दुईवटा निर्वाचन क्षेत्र थिए । नेपालको संविधान २०७२ पछि भएको राज्यपुनर संरचनाको कारण भएको प्रादेशिक तथा संघीय संरचनागत आधारमा जिल्ला लाई टुक्राटुक्रा पारियो । पुर्वी रुकुम तथा रुकुम पश्चिम् भयो । जुन बेला एउटा रुकुम थियो सदरमुकाम निकै चहलपहल थियो ।

घर जग्गाको दर मात्र होइन तरकारी, अन्न लगायत खाद्यान्नको भाउमा छोई नसक्नु थियो । अहिले जिल्ला टुक्रिनु र सबै स्थानीय निकायको काम पालिकामा हुनु र जिल्लामा नक्सा तथा मालपोत र नागरिकता मात्र गराउने हुँदा पनि यो सदरमुकामको चहलपहल घटेको होला । शिक्षक सुदाम शर्मा वताउछ्न ।

जिल्ला टुक्राको प्रभाव र सबै काम स्थानीय निकायले गर्ने हुँदा आजभोलि घर, जग्गा तथा हरेक चिजवस्तुको भाउ घटेको र आम जिल्लामा वासिको सदरमुकाममा निकै चहलपहल घटेको देखिन्छ । तर पनि तुलनात्मक रूपमा सदरमुकाममा घर ठुला ठुला भएका छ्न । पिउने पानी,स्कुल र कलेजहरुको अवस्थामा निकै सुधार आएको देखिन्छ । हेनुहोस दृश्य ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १६ गते सोमबार