३ महिनासम्म धारामा पानी नआएको भन्दै ढकेरी उद्दैन खानेपानीको कार्यालयमा तालाबन्दी

कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।

 आईतबार वडा नं ९ को खैरी र गुरुवागाउँ टोलका करिब २ सय घरधुरीमा विगत ३ महिनादेखि पानी नपुगेको भन्दै खैरी र गूरुवागाउँका केही स्थानीयले विज्ञप्ती निकालेर तालाबन्दी गरेका हुन । खानेपानीका कर्मचारीलाई धारामा पानी नआएको कुरा पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएकोले तालाबन्दी गर्न बाध्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यता संस्थाका अध्यक्ष लक्षीराम केसीले खैरी र गुरुवागाउँमा पानी पु¥याउने निकै प्रयास गर्दा पनि नसकिएको बताएका छन । पुरानो बोडिङ्गमा खराबी आएका कारण पानी टयाङकीमा नचढेको र नयाँ बोडिङ्ग निमार्ण गरेको तर त्यो नयाँ बोडिङ्ग टयाङकी भन्दा करिब २ सय मिटर टाढा रहेकोले टयाङकीमा पानी चढाउन नयाँ विद्युत लाई ट्रामिटर पाइप लगायतका सामाग्री आवश्यक परेको र सो कार्यको लागी संस्थामा बजेट अभाव भएकोले तत्काल काम अगाडी बढाउन नसकिएको बताए ।

हामीले मेहनत गरेकै छौ बजेटको व्यवस्थापन गर्न सकसम्मे काम छिटो अगाडी बढ्छ केसीले भने । यता खानेपानीका कर्मचारी रुद्र खड्काले विगत २ महिनादेखी ७४ घरमा खानेपानी नपुगेको र अघिल्लो महिनाको खानेपानी महसुल नकाटेको जानकारी दिए ।