दुई वर्षमा सबै नागरिकलाई विद्युत उपलब्ध गराउने




कोहलपुर ।

सरकारले आगामी आर्थिक वर्षमा ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै सोे कार्यक्रम अन्र्तगत सबै नागरिकलाई विद्युत उपलब्ध गराउने भएको छ ।

शर्माका अनुसार ठुला र जलासय आयोजनाको स्रोत व्यवस्थापन सहित लघु तथा मझौता जलविद्युतमार्फत नविकरणीय उर्जाको विकास गरी जलस्रोतको बहुउपयोग गरिनेछ । निर्माधिण जलविद्युत आयोजनाहरुका प्रसारण लाइन विस्तार गर्नुका साथै सव स्टेशनहरु निर्माण गरी विद्युतको आपूर्ति गरिने शर्माले बताए ।

यस्तै उनले आर्थिक विकास र सन्तुलन कायम गर्ने मुख्य स्रोतको रुपमा विद्युतीय उर्जाको विकास गरिनेछ । स्वदेशमा नै उत्पादनको भएको विद्युतलाई पहिलो प्रथामिकतामा राखी बाह्य विद्युतीय उर्जा न्यूनिकरण गर्ने र आगामी वर्षमा ७ सय १५ मेगावट विद्युत उत्पालन गरिने शर्माले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार