पाेखरा ।
सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको लेतेमा फेला परेको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।
स्थानीयका अनुसार जहाजमा आगो बलेकाे र ठूलाे आवाज आएकाे थियाे। बिहान ९ बजेर ५५ मिनेटमा उडेको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको थियाे। प्रभाकर घिमिरे चालक रहेकाे जहाजमा १९ जना यात्रु सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
बिएलबाट
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्