प्रेस युनियनको ३१औं स्थापना दिवसको अवसरमा ३८ जना जनाले गरे रक्तदान




काेहलपुर  ।

नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । प्रेस युनियनको ३१औं स्थापना दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए ।

नेपाली कांग्रेस बाँकेका सचिव सुधाशुं कोइराला, भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे लगायत पत्रकार, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, विद्यार्थी, सर्वसाधारण ३१ पुरुष र ७ महिलाले रक्तदान गरेका हुन् ।

नगर प्रमुख विष्टले नेपालगन्जमा रगतको अभाव भइरहेको अवस्थामा प्रेस युनियनले गरेको रक्तदानले धेरै बिरामीको ज्यान जोगिने बताए । नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रका अनुसार स्थानीय तहको निर्वाचनका कारण करिब एक महिनासम्म औपचारिक रुपमा रक्तदान कार्यक्रम नभएका कारण रगतको अभाव भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १४ गते शनिबार