कोहलपुर जेसीसद्धारा १३ बुँदे सुझाव सहित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान




कोहलपुर ।

कोहलपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई १३ बुँदे सुझाव पत्र सहित स्वागत तथा सम्मान गरेको छ । कोहलपुर जेसीसको आयोजनामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकामा नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य समेत सम्पूर्ण जनप्रतिनिधिहरुलाई १३ बुँदे सुझाव पत्र सहित शनिबार स्वागत तथा सम्मान गरेको हो ।

काेहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुर जेसीसले दिएको सुझावहरुलाई कार्यन्वय गर्न पक्षमा रहेको बताएका थिए । यस संस्थाले दिएको सुझाव अति स्राहनीय छ त्यस कारणले आगामी कार्ययोजनामा समेटन सकिने बताएका थिए ।

काेहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी

यस्तै कोहलपुर जेसीस वर्ष २०२२ का अध्यक्ष ईश्वर शर्माले कोहलपुर नगरपालिकाको विकास र समृद्धिका बनाउनका लागि हरपल सहयोग गर्ने बताए । ‘यहाँहरुलाई १३ बुँदे सुझाव पत्र समेत हस्तान्तरण गरेका छौं’,‘यहाँलाई हाम्रो सुझाव पत्र राम्रो लाग्यो भने आगामी कार्ययोजनामा राख्नुहोला उनले भने ।’

काेहलपुर वडा नम्बर १४ अध्यक्ष नम प्रसाद आले

काेहलपुर वडा नम्बर १३ अध्यक्ष डम्बर बहादुर खड्का

काेहलपुर वडा नम्बर १२ अध्यक्ष विरेन्द्र शाह

काेहलपुर वडा नम्बर १० अध्यक्ष गाैरा भट्टराइ

काेहलपुर वडा नम्बर ८ अध्यक्ष लाल बहादुर राना

काेहलपुर वडा नम्बर २ अध्यक्ष हिर कठायत

वडाअध्यक्षहरूलाइ सम्मान लिइएकाे तस्विर

यस्ता छन सुझावहरू ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १४ गते शनिबार