भारतबाट घर फर्किएका डिलाराम शर्माको खोजीका लागि अनुरोध




रावन विश्वकर्मा,
बर्दिया बाँसगढी २ पुर्व नौलाबगियाका डिलाराम शर्मा सम्पर्क विहिन भएको झण्डै २ हप्ता बढी भयो । भारतको गडुवालमा रोजगारीको लागि गएका शर्मा स्थानिय निर्वाचनमा मतदान गर्न सहभागि हुने भन्दै घर फर्किएका थिए । आज झण्डै २ हप्ता बढी भयो तर उनी अहिले सम्म पनि घर पुगेका छ्रैन्न ।

शर्मा कहाँ र कस्तो हालतमा छन भन्ने उनको परिवारलाई कुनै थाहाँ छैन् । ४७ बर्षका डिलाराम शर्मा र बाँसगढी २ का मानसिङ बुढा दुवै जना घर फर्किएको काम लगाउने ठेकेदारले बताएको शर्माका छोरा हरी शर्माले बताए । सँगै आएका भनिएका बुढा भारतको रिशीकेसमा मृत भटिए तर शर्माको अहिले सम्म कुनै खवर छैन् । शर्माको खोजीका लागि अहिले उनको परिवार भौतारिरहेका छन । २ हप्ता देखी हराएका बाबुको खोजी गरिदिन छोरा हरि शर्माले सबैमा अनुरोध गरेका छन् । डिल्लाराम शर्माको कुनै खबर पाएमा ९८२५५८७३८६ वा प्रहरीलाई खवर गरिदिनु हुन परिवारले अनुरोध समेत गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १४ गते शनिबार