कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर १३ मा रहेको बालशिक्षा आधारभुत विद्यालय नमुना बन्दै गएको छ । कोहलपुर नगरपालिकाले दरबन्दी मिलान गरी कोहलपुरको शैक्षिक गुणस्तर बृद्धि गरेको अनुभव गरेको शिक्षकहरुले गरेका छन् । सोही अनुसार राम माध्यमिक विद्यालय हवल्दारपुरका शिक्षक दरबन्दी मिलानमा गरी बाल शिक्षा आधारभुत विद्यालयका प्राधानाध्यापकको जिम्मेवारी पाए ।

बालशिक्षा आधारभुत विद्यालयका प्रअ टर्क बहादुर खत्री
अहिले विद्यालयमा अध्यापन र अतिरिक्त क्रियाकलापमा नियमित भइरहेका छन् । त्यहाँका अभिभावकहरुले सामुदायिक विद्यालयमा आफ्नो बच्चाको भविष्य छैन भन्नेहरु पनि हुरुकै हुने गरेका छन् । हप्ताको दुईदिन बाहेक सबै बालबालिकाहरु विद्यालयको पूर्ण युनिर्फममा आउने गर्दछन् । बालबालिकाको भौतिक रुपमा मात्र नभई सामाजिक रुपमा समेत चेतनामुलक कार्यक्रम गर्ने गरेको उनको भनाई थियो । बालबालिकाको हकहितका लागि बाल संरक्षण निति समेत निर्माण गरेको खत्रीको भनाई थियो ।
- विद्यालयमा विद्यार्थी तथा शिक्षकको चारवटा सदन विभाजन गराई अहिले “पढ्दै कमाउँदै” भन्ने कार्यक्रम कार्यन्वयन गर्न लागेका छौं । उक्त कार्यकमले बालवालिकाहरुमा सैद्वान्तिक ज्ञानलाई सीपमा परिणत गर्ने अवसर प्रदान गर्ने निश्चित छ ।
देउसी भैलो खेलेर क्यान्टिन निर्माण
बालशिक्षा विद्यालयमा बालबालिकाले खाजाको समस्या हुने गरेको भन्दै अभिभावकले प्रअसंग समस्या दर्शाए । प्रअले पनि आफ्ना बालबालिकाहरुलाई देउसीभैलो खेलौ अनि आएको पैसाले क्यान्टिन निर्माण गरौंला भन्यौ प्रअ खत्रीले भने, अभिभावकलाई समेत देउसीभैलो खेल्न पठाइदिनुहुभन्दै चिठि काट्याैं । सबै अभिभावकहरुले यो कुरा राम्रो हो भन्दै बालबालिकाहरुलाई देउसीभैलोमा सहभागितागराउनु
भयो । सोही रकमबाट क्यान्टिनको निर्माण कार्य जारी रहेको छ ।

कक्षा स्तरउन्नोतिदेखि कृषि प्राविधिक धारमा कक्षा १२ सम्म सञ्चालन सम्मको योजना
बालशिक्षाका प्र.अ.ले कक्षा स्तरउन्नोतिदेखि कृषि धारमा कक्षा १२ सम्मका कक्षाहरु सञ्चालन गर्न सक्ने वातावरण तयार गरेका छन् । उनी विगत २० वर्षदेखि अध्यापन पेशामा आबद्ध रहेका छन् । अहिले शिक्षकहरुलाई तहगत रुपमा तालिमको व्यवस्था गरेका छन् ।बालबालिकाहरुलाई स्वास्थ्य सम्बन्धि सेवा दिन स्वास्थ्य कार्यालय नजिक नभएकोले विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । त्यसैगरी विद्यालयमा बालक्लब, अंगे्रजी भाषा क्लब, बातावरण क्लब, शिक्षकहरुलाई सिकाइ केन्द्रसंग जोड्ने लयागतका कामहरु भएको छ ।

विद्यालयमा विद्यार्थी तथा शिक्षकको चारवटा सदन विभाजन गराई अहिले “पढ्दै कमाउँदै” भन्ने कार्यक्रम कार्यन्वयन गर्न लागेका छौं । उक्त कार्यकमले बालवालिकाहरुमा सैद्वान्तिक ज्ञानलाई सीपमा परिणत गर्ने अवसर प्रदान गर्ने निश्चित छ । साथै कियाकलापहरुबाट उत्पादन भएको तरकारी तथा कृषिजन्य वस्तुहरुको प्रयोग गरी आगामी माघ १ गते विद्यालयमा गठित सदनहरुको अग्रसरतामा पढाई मेला आयोजना हुँदैछ ।

यस्तै चालू आर्थिक वर्षमा सञ्चालन हुने उपमेयर कप छात्रा क्रकेट प्रतियोगिता बालशिक्षा आधारभुत विद्यालयको प्राङ्गणमा खेलाइने निर्णय भएको र शिक्षा, युवा तथा खेलकुद शाखा कोहलपुरले सोही विद्यालयलाई कार्यक्रमको पूर्ण जिम्मेवारी दिएकाे छ ।
कोहलपुर टुडेले प्रध्यानाध्यापक टर्क बहादुर खत्रीसंग गरिएको कुराकानी ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्