बाँके जिल्ला अदालतबाट दोषी ठहर भएका भुषाल कोहलपुर मेयरका उम्मेदवार




काेहलपुर ।

नेकपा एमालेका तर्फवाट कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार खिल प्रसाद भुषाल लिखित गाली बेइज्जती मुद्धामा सम्मानित बाँके जिल्ला अदालतबाट दोषी ठहर भएका छन् ।

कोहलपुर ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुर मा पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई , कर्मचारी शिवध्वज शाही र पुस्तकालयका आजिवन सदस्य तथा कानून व्यावसायी रुद्रमणि न्यौपानेलाई पुस्तकालय खोली पुस्ताकालयको महत्वपुर्ण कागज पत्र चोरेका आरोप लगाएर विभिन्न मिडियामा प्रेस विज्ञप्ती जारी गर्ने नेकपा एमालेका नगर अध्यक्ष तथा नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिकाका मयेर पदका उम्मेदवार खिल प्रसाद भुषाल र नेकपा माओवादीका तत्कालीन नगर अध्यक्ष तेज प्रसाद चापागाईद्धारा हस्ताक्षर गरिएको विज्ञप्ती मार्फत न्यौपाने, भट्टराई र शाहीलाई चोरीको आरोप सहित गाली बेइज्जती गरेका थिए । त्यहि विषयलाई लिएर सम्मानित जिल्ला अदालतले भुषाल र चापागाईलाई दोषी ठहर गरी जरिवाना गर्ने फौसला गरेको छ ।

फौसलामा भिनिएको छ कि पत्रिकामा प्रकाशित प्रेश विज्ञप्तीवाट फिरादीको पेशा व्यवसाय र मान प्रतिष्ठामा आँच पुग्न गई प्रतिवादीहरुको कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ (१)र (२) (क) विपरित रहेको मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि हुन आएकोले फिराद दावी बमोजिम बादीलाई प्रतिवादीहरुले लिखित बेइज्जती गरेको ठहरेकोले प्रतिबादीहरुलाई कसैको कसैले बेइज्जती गरेमा हुने सजायको व्यवस्था मुलुकी अपराध सहिंता २०७४ को दफा ३०७ मा उल्लेख भएकोमा सार्वजनिक नैतिकता वा प्रतिष्ठा विरुद्धका कसुरमा सजायको मात्रा कठोर हुनुभन्दा सांकेतिक सजाय गर्दा पनि कानूनको उद्देश्य पुरा हुने र प्रतिवादिहरु खिल प्रसार भुसाल र तेज प्रसाद चापागाईलाई जनही रु ५००।-गर्ने ठहर जिल्ला अदालतले गरेको छ ।

फैसला प्रमाणीकरण भएको विवरण जिल्ला अदालतको सुचना पाटी र अदालतको वेवसाईटवाट प्राप्त जानकारी भएको थियोे । उनै भुसाल अहिले कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारको रुपमा गाँउ गाँउ घर घर पुग्दै गरेका छन् । यसरी तथ्य विहिन अन्य व्यक्तिहरुलाई र संस्थालाई आच आउने कार्यमा संङलग्न रहने सम्मानित जिल्ला अदालतको फैसलाबाट पुष्टी भएको छ ।

यस्ताे छ जिल्ला अदालतको फैसला

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार