कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा रहेको चिसापानी स्वास्थ्य चौकि सञ्चालनमा आएको छ । बिहिबार बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचालले उद्घाटन गरी सञ्चालनमा आएको हो ।

जापान सरकारको आर्थिक सहयोग, आड्रा नेपालको र इन्रुडेक बाँकेको प्राविधिक सहयोगमा शिशु तथा बाल स्वास्थ्य सुधार परियोजना अन्र्तगत सो स्वास्थ्य चौकी निर्माण भएको हो ।

उद्घाटनको क्रममा बोल्दै गाउँपालिका प्रमुख मान बहादुर रुचालले परियोजनाले प्रस्तुति गृह, शौचालय, वाइरिङ रङ रोगन लगाएतका अन्य विविध मर्मत सहित गाउँपालिकालाई हस्तान्तरण गरेको बताए । उनले स्थानीय साझेदारी संस्था इन्रुडेकलाई विशेष धन्यवाद व्यक्त गरे । ‘चिसापानीबाट डेलिभरी गराउनका लागि कोहलपुरसम्म जानुपर्ने बाध्यता हटेको छ’ उनले भने, ‘स्थानिय वडाबासीहरुलाई सहज र सजिलो होस भन्ने उद्देश्यका साथ स्वास्थ्य चौकी निर्माण भएको हो ।’ रुचालका अनुसार गाउँपालिकाले एम्बुलेन्स खरिद गरी प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीमा पु¥याउनका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै स्थानीय साझेदार संस्था इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले स्वास्थ्य चौकी निर्माण गरी संरक्षण गर्नका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिएका थिए । उनले बाँके जिल्लाका प्रत्येक पालिकाहरुमा समेत स्थानीय साझेदारी संस्थाहरुमा स्वास्थ्य चौकी र अन्य प्रयोजनका लागि कार्यालयहरुको समेत निर्माण भएको इन्रुडेक बाँकेका अध्यक्ष रोकायले बताए ।

यस्तै परियोजना व्यवस्थापक युका ओनिसी परियोजनालाई सफल बनाउनका लागि स्थानीय जनप्रतिनिधि सहित कर्मचारीहरुको पनि ठुलो सहयोग भएको बताइन् । यस्तै कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रुप बहादुर मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी, गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक, गाउँपालिका इन्जिनियर धमेन्द्र आचार्य लगायत समाजसेवी, स्वास्थ्यसेविकाको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्