कोहलपुरको लक्ष्मी मावि बर्दहवा र राप्तीसोनारीको शिवशक्ति मावि पेरानिमा परिक्षा अभिमुखीकरण




कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले परिक्षा अभिमुखीकरण अभियान तिव्रता दिएको छ । बुधबार बाँकेका दुई पालिकाका दुई विद्यालयमा परिक्षा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

यस्तै कोहलपुर नगरपालिका वडा नं २ स्थित लक्ष्मी माध्यमिक विद्यालय बर्दहवा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई अभिमुखिकरण दिइएको थियो भने र शिवशक्ति माध्यमिक विद्यालय राप्ती सोनारीमा पनि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई अभिमुखिकरण दिइएको थियो । आगामी जेठ १६ गतेदेखि सञ्चालन हुन लागेको राष्ट्रिय परिक्षा बोर्ड अन्तरगत कक्षा १२ को परिक्षालाई केन्द्रविन्दुमा राखेर यो कार्यक्रम आयोजना गरिएको हो ।

बागेश्वरी बहुमुखी क्याम्पसका पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागिय प्रमुख एकराज शर्माले कुनै पनि परिक्षाको तयारी कसरी गर्ने, कसरी अध्ययन गर्ने, परिक्षा हलमा हतोत्साहित हुने वातावरणबाट टाढा रहेर परिक्षामा सहभागी हुने मनोबैज्ञानिक आधारमा परिक्षा अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँका उनुसार परिक्षामा हुने चिटिङलाई कसरी कम गर्ने र विद्यार्थीको जिम्मेवार र भविष्यमा चिटिङ चोरेर आउने नतिजा जस्ता अन्य विविध विषयमा अभिमुखीकरण गरिएको थियो ।

यस्तै विद्यालय प्रशासनको जिम्मेवारी र कसरी राम्रो ग्रेड ल्याएर उतिर्ण हुने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको शर्माले बताउनुभयो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर अभ्यास शिक्षण विभागका विभागीय प्रमुख प्रमोद सुवेदी र एकराज शर्माले रहेका थिए ।

यस क्षेत्रमा आफ्ना सबै फिडर विद्यालयमा विगतदेखि नै यस खालका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस खालका कार्यक्रम सहित उच्च शिक्षाको धरोहर कोहलपुरमा रहेकोले निजि क्याम्पसमा होइन सरकारी क्याम्पसमा गएर अध्ययन गर्न विगतदेखि नै प्रेरित गर्ने गरेको र यस कार्यक्रमले विद्यार्थीको जिवनमा अतिउपयोगी हुने मात्र नभई परिक्षालाई पनि राम्रो गर्न सक्ने आधार सहितको राय दुवै विद्यालयका प्रधानाध्यापक क्रमशः जय बहादुर विष्ट तथा पुस्कर खड्काको प्रतिक्रिया दिनुभएको थियो ।

यस्तै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दान बहादुर हमालले कोहलपुरका सामुदायिक तथा संस्थागत विद्यालयका मावि तहमा अभियान सञ्चालन गर्ने बताउनुभयो ।

यस्तै कक्षा १२ का विद्यार्थीहरुले परिक्षा सम्बन्धीको अभिमुखीकरण कार्यक्रममा बोल्दै आफ्नो विद्यार्थी जिवनमा निकै लाभदायक भएको, अब आफुहरुले कुनै तहमा त्यसरी हतोत्साहित रूपमा परिक्षा नदिने ज्ञान लिएको बताएका थिए ।

आफ्नो विद्यार्थी जिवनमा यो कार्यक्रमले परिवर्तन ल्याउने र निर्धक्कसंग परिक्षा दिने वातावरण सिकेको प्रशिक्षार्थीहरुले बताएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ७ गते बुधबार