कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सुर्खेतमा सम्पन्न भएको छ ।
नेपाल सरकारका माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको अध्यक्षतामा सो समारोह सम्पन्न भएको हो । नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा विभिन्न संकायमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरु दीक्षित भएका थिए ।
यस्तै संकायगत रूपमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई कुलपति तथा उपकुलपति पदक वितरण गरिएको थियो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको स्वागत मन्तव्यबाट सुरु भएको सो समारोहमा कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख तिलक परियार, कर्णाली प्रदेश सकारका माननीय मुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सरकारका मन्त्रीहरु लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले गर्नुभएको थियो भने सहकुलपति पौडेलको अध्यक्षतामा विश्वविद्यालयको १२ औं सभा (सिनेट) समेत सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्