बुझायो विज्ञ समुहले नेपाली कांग्रेस कोहलपुर नगर कार्य समितिलाई घोषणा पत्रकाे मस्यौदा

काेहलपुर ।

स्थानीय निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेस कोहलपुरले स्थानीय निर्वाचन घोषणा पत्र तयार गरेको छ । नेपाली कांग्रेस कोहलपुर नगर कार्य समितिले मिति २०७८ साल चैत्र २२ गतेको नेपाली कांग्रेस कोहलपुर नगर कार्य समितिको निर्णयबाट नगर कार्य समितिका उप सभापति सुशील सापकोटाको संयोजकत्वमा एक विज्ञ समुहको गठन गरि जिम्मेवारी प्रदान गरेको थियो ।

विज्ञ समुहमा प्राध्यापक एकराज शर्मा, शिक्षकहरु ऋषिराज शर्मा, बद्रीनाथ सापकोटा, राजनीति व्यक्तितब भुम बहादुर भण्डारी, उधोग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल र युवा शिवध्जज शाही रहेका थिए । उक्त स्थानीय निर्वाचन मस्यौदा समितिले विभिन्न संघ, संस्था, व्यक्ति तथा सरोकारवालाहरु संग छलफल गरि औपचारिक तथा अनौपचारिक वैठक बसेर मस्यौदा तयार गरिएको संयोजक सुशील सापकोटाले कोहलपुर टुडेलाई जानकारी गराए ।

नगर सभापति बिरेन्द्र कुमार शाह, नगर सचीव गोविन्द पौडेल लगाय नगर कार्य समितीलाई आज घोषणा पत्र मस्यौदा बुझाएको हो । मस्यौदालाई विज्ञ तथा मस्यौदा समितीका सदस्य एकराज शर्माले वाचन गर्दै जिम्मेवारी प्रदान गर्ने कार्य समितीलाई धन्यवाद प्रदान गरेका थिए ।

समुहले विभिन्न क्षेत्रको पहिचान गरि १२ पेज लामो मस्यौदा बुझाएको जानकारी मस्यौदा समितिका सदस्य बद्रीनाथ सापकोटाले जानकारी दिए । नेपाली कांग्रेसले कुनै पनि योजना विज्ञ समुहबाट तयार गर्ने नितिलाई अगाडि बढाउने, भावी योजना तथा रणनीतिको पहिचान गर्ने, आवश्यक खोजी र अनुसन्धान गरेर मात्र हरेक क्षेत्रका योजना लाई कार्यन्वयन गर्ने काम गरेको आगामी दिनमा पनि पाटिले यस खालको नीति निर्माण गर्ने वातावरण तयार गर्ने गरेको नगर सभापति बिरेन्द्र कुमार शाहले जानकारी गराए ।

स्थानीय निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसले कोहलपुरमा घोषणा पत्र तयार गरेको हो । यो घोषणा पत्रलाई गहन अध्ययन गरि छुटेका क्षेत्रलाई समेट्न सकिने कुरा सहित मस्यौदा समितिलाई विशेष धन्यवाद दिएका थिए ।