१५ विषयमा एक हजार धेरै शिक्षक नियुक्ति गर्ने गरी आयोग खुल्यो विज्ञापन




भक्तपुर ।

शिक्षक आयोग खुलेको छ । माध्यमिक तह तृतीय श्रेणीको विभिन्न १५ विषयका लागि एक हजार पाँच सय ४७ पदमा नयाँ शिक्षक नियुक्ति गर्ने गरी शिक्षक सेवा आयोगले बुधबार विज्ञापन खोलेको हो । आफैंले तय गरेको शिक्षक पदपूर्ति सम्बन्धि बार्षक तालिकामा उल्लेख समय सकिने अन्तिम दिन पनि बुधबारै हो ।

उक्त विज्ञापन अन्र्तगत सबै भन्दा धेरै विज्ञान विषयमा चार सय ३५ शिक्षक माग गरिएको छ । प्रदेश नम्बर १ मा मात्रै एक सय २८ जना विज्ञानका शिक्षकको माग छ । सबै भन्दा थोरै शिक्षा, संस्कृत साहित्य र न्यायमा एक एक जनाका लागि आयोग खोलिएको छ ।

उक्त आयोगको परीक्षा आगामी चैत १५ गते हुने र दरखास्त दिन एक महिनाको समय तोकिएको आगोगको सूचनामा उल्लेख छ ।

चालु आर्थिक बर्षको बजेटमा सरकारले शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने र प्राथमिक तहमा बढी हुने दरबन्दी माध्यमिक तहमा रुपान्तरण गरी बढी भएको दरबन्दी खारेज गर्ने उल्लेख गरे पनि उक्त विषय सम्बोधन विनै आयोगले विज्ञापन खोलेको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २९ गते बुधबार