काेहलपुर ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुँदैछ ।
बाघ गणना फागुन मसान्तमा सकिनेछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने जानकारी दिए ।
बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने खटिने श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको संयुक्त पहलमा बाघ गणना थालिएको हो ।
हरेक चार वर्षमा बाघ गणना गरिन्छ । मंसिर १९ गतेदेखि चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको छ । चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सकिएलगत्तै शुक्लाफाँटा कम्प्लेक्समा बाघ गणना सुरु गरिने निकुञ्जले जनाएको छ ।
काेहलपुर टुडे । २९ मंसिर २०७८, बुधबार १४:१२