सल्यान ।
सल्यानमा गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ दारिमचौरबाट श्रीनगर तर्फ आउदैँ गरेको भे १ ज ३३६ नम्बरको जीप कच्ची सडकमा दुर्घटना हुदा दारिमचौर निवासी गाडीका सहचालक १८ बर्षिय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आज बिहान करिब ६ वजेको समयमा जीप दुर्घटना भएको हो । यस्तै दुर्घटनामा परेर गाडी चालक सोही ठाउँ निवासी २१ बर्षिय थलराज वली सामान्य घाइते भएका छन् । गाडी सडकबाट करिब १५ मिटर तल खसेको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यान टुडेबाट
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्