शिक्षा र रोजगारको अन्तरसम्बन्ध : एक चर्चा

नरेन्द्र न्यौपाने

मानव जीवनमा शिक्षाको ठूलो भूमिका रहेको हुन्छ । शिक्षाबाट प्राप्त सीपहरूलाई आधार बनाएर मान्छेले आफ्ना जीवनका विविध आवश्यकता सहित रोजगार र स्वरोजगार बन्ने गर्दछ । राज्य कति सक्षम वा सबल छ भन्ने कुरा यसले के–कस्तो शैक्षिक नीति र व्यवस्थाहरू अबलम्बन गरेको छ भन्ने कुरामा निर्भर गर्दछ । राज्यमा सीपमूलक र व्यावसायिक शिक्षाको अनिवार्य आवश्यकता हुने गर्दछ । व्यवसायी शिक्षाले रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

शिक्षाले रोजगारी दिन सकेन भन्ने प्रश्नहरू बेला बेलामा उठ्ने गर्दछन । विदेशिन खोज्ने युवा शक्तिलाई देशभित्रै रोजगारीका सम्भावनाहरू बढाउन पनि शिक्षा क्षेत्रले भूमिका खेल्दछ । व्यवाहारीक बैज्ञानिक र रोजगारमूलक शिक्षाको विकासले मात्रै देश सम्बृद्ध र सदृढ बन्छ  । रोजगारमूलक शिक्षा राष्ट्रको आर्थिक विकासका लागि कोशेढुगा हो । शिक्षाले देशको आर्थिक विकासको लागि योगदान योग्दान गरेको हुन्छ । शिक्षाको माध्यमबाट विकास तथा रोजगारीको सृजना गरी जनतालाई शुख र शान्ति सबृद्धि प्रदान गर्न सकिन्छ । शिक्षाको मुख्य ध्येय नै मानविय जिवनको लागि अनिवार्य तत्वको रुपमा लिन सकिन्छ ।

व्यावसायिक शिक्षा तथा दक्षताको विकास गर्न निम्न, मध्यम र उच्चस्तरीय दक्ष जनशक्ति तयार गर्नमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास गरिनु पर्दछ । सीपमूलक शिक्षाको माध्यमबाट दीर्घकालीन व्यावसायिक शिक्षातर्फ युवा पुस्तालाई प्रोत्साहन, उत्साह र आत्मवल पैदा गर्ने खालको हुन आवश्यक छ । जसबाट युवाहरुले रोजगार पाउने वातावरण बनोस्  । व्यावहारिक जीवन उपयोगी व्यावसायिक, प्राविधिक शिक्षाले मात्रै रोजगारीको वृद्धि र देश विकास हुन्छ ।

शिक्षा देशलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना हो । जुन कुरा देशमा दिइने शिक्षाले पुरा गर्न सक्नुपर्दछ । उत्पादित जनशक्ति स्वदेशमै रोजगारको अभावमा अन्य देशमा जाने गरेका छन । प्राविधिक तथा व्यावसायिक शिक्षा दिएर स्वदेशका लागी आवस्यक जनशक्ति उत्पादनतर्फ बढिभन्दा बढि जोड दिनुपर्दछ । शिक्षा माटो सुहाउने प्रकृतिको हुनुपर्दछ । शिक्षाले देशको भुगोल, परिवेश र सभ्यतालाई दृष्टिगत गरेको हुनुपर्दछ । साधारण शिक्षालाई पनि व्यवहारिक जीवनसँग ढालेर सिकाइको नयाँ मोडल बिकास गनुपर्ने आवश्यक देखिएको छ । हाम्रो देशमा सबै तहको शिक्षा पूर्णतः निःशुल्क बनाउन सकिएको छैन । नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था भएको छ ।

यसमा प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहँुच, आधाभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क, अपाङ्गता भएका र आर्थिक रुपमा विपन्न नागरिकहरुका लागि कानून बमोजिम निःशुल्क दृष्टिविहिनका लागि ब्रिनलिपी तथा बहिरा र स्वर वा बोलाई सम्बन्धी अपाङ्गता भएका नागरिकलाई सांकेतिकभाषामा निःशुल्क शिक्षा, सबैले मातृभाषामा शिक्षा लिन पाउने, शिक्षण संस्था खोल्न पाउने, व्यवस्था रहेको छ । नेपालमा प्राविधिक शिक्षा आमजनताको पहुच भन्दा बाहिर छ । जीवन निर्वाहका लागि आवश्यक ज्ञान, सीप, र चेतना विकास गर्न सघाउने शिक्षाको रूपमा रोजगारमूलक शिक्षालाई विकास गरिनु अहिलेको आवश्यकता हो ।

अहिले शिक्षामा उपब्धि मापन विरुद्ध प्रमाण पत्रका आधारमा गर्ने गरिन्छ । रोजगारमूलक शिक्षा ज्ञान सीपले सुसज्जित, परिवर्तित मनोभावना रुढीवादी मूल्य र मान्यताप्रति सजक नागरिक उत्पादन गर्ने बलियो आधार पनि हो । यस्तो शिक्षाले स्वरोजगार सिर्जना गर्न सघाउँछ । उद्यमशील बनाउँछ । आधुनिक पेशाप्रति रुचि जगाउँछ । गुणस्तरीय शिक्षाबाट उत्पादित जनशक्ति रोजगार बजारका निम्ति उपयोगी, सिर्जनात्मक, दक्ष, नैतिक आचरण, अनुशासित, सामाजिक आचरण भएको सक्षम नागरिक उत्पादनसँग सम्बन्धित हुन्छ । व्यक्तिको सर्वाङ्गीण विकासमा मद्धत गर्ने शिक्षा गुणस्तरीय शिक्षा हो । रोजगारी र स्वरोजगारको अवसरलाई फराकिलो पार्ने जनमूखी र बैज्ञानिक शिक्षाअहिलेको आवश्इकता हो ।

नेपाली श्रम बजारमा विभिन्न मुलुकका नागरिकले दक्ष र सीपयुक्त काम गर्ने र नेपाली युवाहरुले उच्च तहको शैक्षिक योग्यता भएर पनि खाडीमा निम्नस्तरको श्रम गर्ने गरिरहेका छन् । यो नै शिक्षा प्रणालीको समस्या हो । वैदेशिक रोजगारीमा जानेहरुले सीपमुलक रोजगारीको खोजी गर्ने परिपाटीको विकास हुन सकेको छैन । आखिर यो विरोधा भाषाको सिर्जना कसरी भइरहेको छ ? दक्ष श्रमिकहरु विदेशबाट ल्याउनुपर्ने अवस्था एकातर्फ छ भने अर्कोतर्फ रोजगारीको लागि विश्वका विभिन्न मुलुकमा भौँतारिइरहेका युवाहरुले पठाएको ‘रेमिटट्यान्स’ का भरमा मुलुकको अर्थतन्त्र चलाउन बाध्यतालाई राष्ट्र माथि खडा छ । यो विवसतालाई नियाल्दा दोष शिक्षा प्रणाली कै देखिन्छ । शिक्षा प्रणालीमा सुधार गर्ने आजको अनिवार्य सर्त हो ।

शिक्षा प्रणालीले बेरोजगारी सिर्जना गरेको तर्कलाई धेरै हदसम्म सत्य हो । नेपालबाट प्राविधिक विषयमा उत्पादित जनशक्तिको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गइरहेको छ । आजको विश्वमा बेरोजगारी एउटा ठुलो समस्या हो । यसको समाधान अत्यन्त जरुरी छ । तर यसको समाधान कसरी गर्ने विषय बहस भएको पाइदैन । बेरोजगारी समस्याको समाधान शिक्षाको माध्यमबाट मात्रै हुने कि अरु कुनै समाधान छ ? भन्ने विषयमा भने बहस भएको पाइँदैन । व्यक्तिले हासिल गरेको शिक्षाअनुसारको रोजगारीको अवसर राज्यले सिर्जना गर्नु राज्यको दायित्व हो । नेपालको सन्दर्भमा राज्यले पूर्ण रुपमा आफ्नो दायित्व पुरा गरेको अवस्था छैन । राज्यले रोजगारी दिन नसक्ने अवस्था विद्यमान भएपछि सरकारी तहबाट स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गरी स्रोत, साधन र सिर्जनशीलताको पनि विकास हुन सक्छ । भने अर्को तिर बेरोजगारी समस्याको निराकरण गर्न सकिन्छ ।

विश्वभरी आज वेरोजगारी समस्या एक भयावह समस्या हो । नेपाल त झन चपेटामा छ । राष्ट्रिय पुँजीको विकास र आत्मानिर्भर अर्थतन्त्र अगाडि बढ्न नसक्दा रोजगारी सिर्जना गर्ने कयौं बाटाहरु बन्द भएको पाइन्छ । आजको यो जटिल प्रस्थितिलाई समाधान गर्न हाम्रो विश्वविद्यालयहरुले सिर्जनात्मक र रचनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । सिद्धान्त र व्यवहारलाई संगसंगै जोडेर दक्ष र रोजगारमुलक जनशक्ति तयार पार्न शिक्षण संस्थाहरुले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । राज्य तहबाटै यस्तो कार्यक्रम सञ्चालन गर्न कोसिस भएपनि त्यो प्रयाप्त हुने छैन । विश्वविद्यालयको अहिलेपनि कोरा सिद्धान्त रटाउने, फक्ट्री मात्र भएका छन् । त्यहाँ सिद्धान्त बाहेक व्यवहार पढाइदैन । केही प्राविधिक धारका शिक्षण संस्थाहरु जो निजी क्षेत्रका मातहतमा छन् । त्यहाँ सर्वसाधारणको आर्थिक पहुँच पुग्दैन भने थोरै मात्र रहेका सरकारी प्राविधिक धारका शिक्षण संस्थाहरुले देशको आवश्यक जनशक्ति व्यवस्थापन गर्न सकेको छैन । यो समस्याको समाधानबाट पनि नयाँ अवसरको सिर्जना हुन सक्छ ।

रोजगार जनशक्तिको उत्पादकत्वमा समेत समस्या रहेको सन्दर्भमा बेरोजगारी समस्या प्रतिदिन विकराल बन्दै गइरहेको छ । यसको दीर्घकालीन समाधान प्राविधिक, व्यावहारिक, उत्पादनमुखी शिक्षाको माध्यमबाट कुशल जनशक्तिको विकास नै हो । शिक्षा प्रणालीमा परिर्वन, श्रम बजारको व्यापकता र उद्योग धन्दाहरुको विकास नै यसको समधान हुनसक्छ । नीति निर्माण तहबाट गर्नुपर्ने कार्यलाई प्रभावकारी बनाउन समाजको बौद्धिक वर्गले उचित भूमिका निर्वाह गर्नुपर्ने । राज्यले शिक्षा र रोजगारीका क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने राजनिज्ञहरुको प्राथमिकताको मुद्धा शिक्षा र रोजगारी हुनुपर्ने आवश्यकता छ ।

अत्यमा, शिक्षा र रोजगारीलाई संगै जोडेर हेर्नेहो भने यि दुई एकै सिक्का दुई पाङ्ग्रा हुन । शिक्षाले समाजमा ज्ञान चेतना अभिबृद्धि गर्दछ भने रोजगारीले समाजको आर्थिक जिवन स्तरमा परिर्वन गर्दछ । शिक्षाले सिप र दक्षता प्रदान गर्दछ भने रोजगारीले त्यसको अभिबृद्धि गर्दछ । हामीले कस्तो शिक्षा हासिल गरेका छौं त्यहि आधारमा हाम्रो रोजगारी निर्धारण हुने हो । कोरा शैद्धान्तिक ज्योति त देला तर अभाव र गरिबलाई निर्मूल गर्न सक्दैन तर्शत व्यवहारीक बैज्ञानिक र रोजगारमुलक प्राविधिक शिक्षा प्राप्त भयो भने गरिब र अभाव अन्त्य गर्न ठुलो मद्धत पुग्नेछ । शिक्षण संस्थाहरु शिक्षा र उत्पादनको कार्यमा जोड्न सकियो भने त्यहाँबाट उत्पादन हुने जनशिक्ति बेरोजगार हुनेछैन । त्यसैले रोजगारीका अवसर प्राप्त गर्न शिक्षाको चरित्रले महत्वपूर्र्ण भूमिका खेल्छ । देशलाई आत्मानिर्भर र स्वभिमान बनाउन पनि शिक्षाको अतुल्नीए भूमिका रहन्छ । तसर्त शिक्षा र रोजगारी यस्ता पहल हुन् । जसलाई अलग गर्न सकिदैन ।