अछाम । अछाम बान्निगढी जयगढ गाउँपालिकामा रहेको जयगढमा बजारमा भीषण आगलागी भएको छ । साँझ करिब ७ः२० बजेपछि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
भीषण आगलागीबाट अहिलेसम्म १० वटा पसल जलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको छ । तर, दमकलबाट आगो निभाउन अझै समस्या भइरहेको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ चैत २५ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्