नरैनापुरका स्थानीय भन्छन् : निर्विकल्प ‘अथक’ र ‘नमूना’




कोहलपुर ।

सडक सञ्जाल जोडेका, अन्धकारबाट उज्यालो दिएका र विद्यालयका भवन निर्माण गरेका ‘अथक’ र ‘नमूना’ लाई नरैनापुरका स्थानीयहरुले निर्विकल्प मतदान गर्ने बताएका छन् । बिहिबार बाँके क्षेत्र नं १ (क) मा नरैनापुरका २ वटा वडाहरुमा घरदैलो तथा जनभेघाट कार्यक्रममा नरैनापुरका १ र २ का स्थानियहरुले नरैनापुरको विकास र समृद्धिका लागि ‘अथक’ र ‘नमूना’ निर्विकल्प मतदान गर्ने बताएका हुन् ।

संघमा महेश्वर गहतराज अथक र प्रदेशमा कृष्ण केसी नमूना निर्वाचन भएपछि नरैनापुरले एउटा नयाँ अनुहार देख्न पाएको भन्दै अहिले पनि पुनः मतदान गर्ने नरैनापुर १ का स्थानीय दिपकराज हरिजनले बताए । ‘नरैनापुरमा विद्युत र सडक सञ्जाल पुर्‍याउनुपर्छ भन्ने द्येयका साथ निरन्तर लागेका यि दुई पात्र हुन्’ उनले भने, जसले जे भनेपनि हामीले निर्विकल्प मतदान गछांैं ।’ यहाँका जनताले महशुस हुने गरी ‘अथक’ र ‘नमूना’ ले विकास गरेको हरिजनले बताए ।

यस्तै नरैनापुर २ का स्थानीय पुरुण चमारले नरैनापुरमा तटबन्धन मुख्य समस्या रहेको बताएका छन् । ‘तटबन्ध नहुँदा यहाँका स्थानीयहरुलाई निकै सास्ती भोग्नु परेको छ’ उनले भने, ‘पहिले सडक र विजुलीको समस्या थियो ।’ अहिले पुनः तटबन्धन नहुँदा समस्या भोग्नु परेको छ, त्यसको समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने चमार बताए । ‘अहिले संघ र प्रदेशमा उम्मेदवार को को छन् मलाई थाहा छैन ? यहाँ भोट माग्न आएका छैनन्, उनले थपे, अघिल्लो निर्वाचनमा ‘अथक’ र ‘नमूना’ आउनुभएको थियो भोट दिएका थियौं ।’ उनले पुनः दोहोर्‍याएर भने, भोट दियौं, सडक र विजुली लियौं । अब पनि भोट दिन्छौं तटबन्ध गरेको देख्न पाउने आशा गरेको चमारले बताए ।

यस्तै भेटघाट तथा जनभेलामा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश्वर जंग गहतराज ‘अथक’ र प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्ण केसी ‘नमूना’ ले कटान तथा डुवान नियन्त्रण गर्न गुरु योजना निर्माण गरिसकेको बताएका छन् । ‘जनताको समस्या मैैले नजिकबाट बुझेका छौं’ उनीहरुले भने, ‘नरैनापुरको समस्या नै हाम्रो समस्या हो ।’

पालिकामा सुख्खा जमिन भएपछि डिप बोरिङ्गको योजनालाई अघि सारेको बताउँछन् । अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा गरेको भन्दै खुसीका साथ पुनः मतदान गर्न अनुरोध गरेका थिए । ‘कटान तथा डुवान नियन्त्रण गर्ने तटबन्धन र सुख्या जमिनको लागि डिप बोरिङ्गको बनाउने छौ’, ‘पालिकामा नै विद्यालयमा सञ्चारका लागि इन्टरनेटको व्यवस्था गर्नेछौं ।’ नरैनापुरदेखि अगैया जोडने सडक, पुर्बी नहर निर्माण जस्ता काम गर्नका गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने उनीहरुको भनाई थियो ।

नेपाली काँग्रेसका क्षेत्र नं. १ का सभापति पोषण केसी, निर्वाचन परिचालन समिति क्षेत्र नं. १ का संयोजक नरेन्द्र न्योपाने, नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की र नेपाली काँग्रेसका नरैनापुर गाँउपालिका अध्यक्ष राज कुमार मौर्य लगायत पाँच दलिय गठबन्धनका पार्टीका नेताहरु घरदैलो तथा जनभेघाट कार्यक्रममा सहभागि थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २४ गते बिहीबार