कोहलपुर चौराहमा बन्द गर्दै राजावादी, बिहानैदेखि ठुलो मात्रामा प्रहरी परिचालन




 

कोहलपुर । कोहलपुर चौराहमा राजावादीहरुले यातायात बन्द गरिरहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चौराहमा गत चैत्र १५ गते काठमाण्डौंको तिनकुनेमा भएको प्रर्दशन र आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विषयलाई लिएर बन्द गरेका हुन् ।

विहानैदेखि ठुलो मात्रामा परिचालन भएको नेपाल प्रहरीले केही व्यक्तिहरुलाई प्रकाउ समेत गरिसकेको छ ।

राजावादीले सडकमा बसेर यातायात बन्द गरिरहँदा प्रहरीले सडकको छेउमा सडकको छेउमा लैजाने र यातायात खुलाउने प्रयासमा प्रहरी छ ।

आन्दोलनमा साथ समर्थन गर्दै केही संस्थागत विद्यालयहरु समेत बन्द गरेका छन् ।

राजावादी नागरिक समाज बाँकेको आयोजनामा आज विहान ८ बजेदेखि नै कोहलपुर चौराहमा सवारी साधान आवातजावतमा बन्द गरिरहेका छन् ।

राजावादी नागरिक समाज बाँकेका संयोजक अर्जुन जंग शाह शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका बताए ।

कोहलपुर टुडेसंगको कुराकानीमा विहानैदेखि प्रहरीको दमन गरिरहेको छ, हामीले शान्तिपूर्ण बन्द गर्ने भनेका छौं प्रहरी थप आक्रमणको प्रयास गरिरहेको शाहको भनाई थियो ।

कोहलपुर चौराहदेखि उत्तर–दक्षिण र पूर्व–पश्चिम विहान ८ बजेदेखि साँझा ५ बजेसम्म चल्ने अत्यावश्यक सवारीसाधन बाहेक सम्पूर्ण आवागमन ठप्प पार्ने योजना सहित आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : २०८१ चैत २५ गते मंगलबार