राजावादी युवराज शाही सहित ६ जना प्रहरीको नियन्त्रणमा




कोहलपुर । कोहलपुर चौराहमा राजावादीहरुले आन्दोलन गरिरहेका युुवराज शाही सहित ६ जना प्रहरीको नियन्त्रणमा लिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चौराहमा गत चैत्र १५ गते काठमाण्डौंको तिनकुनेमा भएको प्रर्दशन र आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विषयलाई लिएर बन्द गरिरहेको बेलामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्यकाे भने नाम संकलन नभएकाे जिल्ला प्रहरी कार्यालयका प्रवत्ताले जनाए ।

विहानैदेखि ठुलो मात्रामा परिचालन भएको नेपाल प्रहरीले केही व्यक्तिहरुलाई प्रकाउ समेत गरिसकेको छ भने सडकको छेउमा लैजाने र यातायात खुलाउने प्रयासमा प्रहरी छ ।

राजावादी नागरिक समाज बाँकेको आयोजनामा आज विहान ८ बजेदेखि नै कोहलपुर चौराहमा सवारी साधान आवातजावतमा बन्द गरिरहेका छन् ।

कोहलपुर चौराहदेखि उत्तर–दक्षिण र पूर्व–पश्चिम विहान ८ बजेदेखि साँझा ५ बजेसम्म चल्ने अत्यावश्यक सवारीसाधन बाहेक सम्पूर्ण आवागमन ठप्प पार्ने योजना सहित आन्दोलन गर्ने छन् ।

प्रकाशित मिति : २०८१ चैत २५ गते मंगलबार