कोहलपुर ।
बैजनाथ गाउँपालिमा ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ । लुम्बिनी प्रदेस सांसद पार्बती पुन उषाले २ कोठे पक्की भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनको क्रममा बोल्दै उषाले टिनका छाना हटाएर पक्की भवन बनाउने अभियान अनुसार यो भवन निर्माण भएको उहाँको भनाई थियो । उनले चालू आर्थिक वर्षमा आफ्नो साँसद कोषबाट ३५ लाख रुपैया बजेट विनियाेजन गरिएकाे बताउनुभयो ।

यस्तै नेरामाविका प्रअ लोक बहादुर खत्रीका अनुसार टिनको छानामा अध्ययन गर्दा बालबालिकाहरुको पढाईमा निकै असहज वातावरण थियो अब केही सहज हुने उहाँको भनाई थियो ।
यस्तै विव्यसका अध्यक्ष कृष्ण प्रसाद थारुले कार्यक्रमको समापन गर्र्दै साँसद लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए ।
यस्तै कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले आ आफ्नो विचार प्रस्तुत गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्