कविन्द्र परियार
सुर्खेतको पचंपुरी नगरपालिका–३ की बाढी पीडीत खगीसरा बि.कले मृत्युको मुखमा पुगेकी छोरी माया वि.क लाई बचाई दिएकोमा खुसी व्यक्त गरेकी छिन । मुटु र मस्तिष्कमा समस्या भएर गम्भिर भएर क्षेत्रिय अस्पताल सुर्खेतमा लगिएको र अस्पतालले बाँच्ने सम्भावना न्युन छ भने पछि उपचारका लागि कौशिल्या अस्पतालमा ल्याईएको र अस्पतालमा १५ दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको खगीसराको भनाई छ । उनले कौशिल्या अस्पताललाई धन्यवाद समेत दिईन । मेरो छोरीको बाँच्ने सम्भावना कम थियो तर कौशल्या अस्पतालका डाक्टर र कर्मचारीको मेहनतका कारण छोरीलाई बाँच्न सफल भएकी छिन उनले भनिन ।
पहिले आर्थिक अवस्था समेत कम्जोर भएका कारण अस्पतालले उनको उपाचारमा २० प्रतिशत छुट गरेको उनले बताईन । कौशल्या अस्पतालका प्रबन्धक निर्देशक राम प्रसाद न्यौपानेले मुट र प्यारालाईसिस समस्या देखिएको र अहिले उपचारपछि उनको सुधार भएर हात खुट्टा चल्न थालेको बताए । समस्या गम्भिर थियो अहिले सुधार भएको छ ।
निर्देशक न्यौपानेले भने, अस्पतालले केही दिन अघि बैजनाथ गाउँपालिका २ पितमारी स्थित रत्ना परियारको पनि स्वास्थ्यमा सुधार आएको
छ । उनको आर्थिक अवस्था कम भएको र उनी द्धन्द पीडित भएका कारण अस्पतालले रत्नाको सम्पुर्ण उपचार निशुल्क गरिदिएको थियो । त्यस्तै अस्पतालले बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपलिकाका ७ जना बालिबालिकाहरुलाई शैक्षिक सहयोग समेत गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्