अञ्जना होटलबाट रेडपाण्डाकाे छाला सहित डोल्पाका ४ जना पक्राउ

कोहलपुर ।

बाँकेको नेपालगञ्ज—१२ स्थित कारेरियनपुरमा रहेको अञ्जना होटल एण्ड लजबाट रेडपाण्डा सहित डोल्पाका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोल्पा जिल्ला त्रिपुरा सुन्दरी वडा नम्बर ३ का विकेश वोहोरा, हर्क बहादुर विक, राम कृष्ण शाही र ठुलोभेरी वडा नम्बर ९ का सुकराम विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रेडपाण्डाको छात्रा खरिद विक्रि भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा सो होटलको १०५ नम्बरको कोठामा छानविन गरिएको जानकारी दिएको छ । प्रहरीका अनुसार सो कोठामा छानविन गर्दा खाडमुनी प्लाष्टिकको बोरामा राखिएको दुलर्भ बन्यजन्तु रेडपाण्डाको छाला २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

हेर्नुहोस् विज्ञप्ती