Kohalpur Today Header Ads

व्यवस्थापन नभए आन्दोलनमा उत्रिने अव्यवस्थित बसोवासीहरूकाे चेतावनी




कोहलपुर । कोहलपुर ११ शान्तिनगर क्षेत्रका अव्यवस्थित बसोवासीहरूले आफूहरूलाई व्यवस्थापन गर्न स्थानीय सरकारले बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलनको तयारी थालेका छन् ।

बुधबार पत्रकारहरुसंग भेटघाट गर्दै उनीहरुले १ महिना वित्तिसक्दा समेत व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उर्तिने लागेको बताएका हुन् ।

LIfe Ok

कोहलपुर नगरपालिकाले उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएपछि आफूहरूले शान्तिनगर बस्ती खाली गरेको भए पनि एक महिना बितिसक्दा समेत कुनै ठोस पहल नभएको शान्तिनगरका सुकुम्बासी लाल चन्द्र विकले जानकारी दिएका छन् ।

विकका अनुसार बस्ती हटाउँदा वैकल्पिक व्यवस्थापनको आश्वासन दिइएको थियो, तर हालसम्म त्यस सम्बन्धमा नगरपालिकाबाट कुनै चासो नदेखाइएको उनको गुनासो छ ।

विकका अनुसार शो क्षेत्रमा बसोबास गरेका ४ सय १६ घरपरिवार अव्यवस्थित बसोवासीहरूले तत्काल व्यवस्थापन प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिँदै आज (बिहिबार) जिल्ला प्रशासन र कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाउने बताएका छन् ।

उनीहरूले आफूहरू अहिले अस्थायी तथा असहज अवस्थामा बस्न बाध्य भएको र नगरपालिकाले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेका छन् ।

बसोवासीहरूले समस्या समाधानमा ढिलाइ भए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको जनाएका छन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार