राप्ती सोनारीमा मात्रै बाघको आक्रमणमा परेर ५ जनाको मृत्यु भएको छ । पछिल्लो ६ महिना यता राप्ती सोनारी क्षेत्रमा मात्रै ५ जनाको बाघको आक्रमणमा परेर ज्यान गएको हो । शनिबार बिहान राप्ती सोनारी ६ डाँडा टेपरीका ६० बर्षिय धन बहादुर चलाउनेको बाघले आक्रमण गरि ज्यान लिएको छ ।
एका बिहानै स्थानीय राप्ती पिडीत सामुदायिक बनमा दाउरा गर्न गएको बेला चलाउनेलाई बाघले आफ्नो सिकार बनाएको हो । इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी इन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतमले राप्ती पिडीत सामुदायिक बनको महुवा खोला नजिकै चलाउनेको मृत अवस्थामा शव फेला पारेको जनाए ।
प्रहरी निरिक्षक गौतमले स्थानीय बासिन्दा बनको कर्मचारी गरि संयौको संख्यामा गएको प्रहरी टोलीले शव फेला पारेको उल्लेख गरे । प्रहरीका अनुसार मृतक चलाउनेको घाटीबाट बाघले रगत चुसेर मारेको देखिन्छ ।
मृतकका एक मात्र छोरा लाल बहादुर चलाउने भारतको मुम्वइमा बस्दै आएको छन् । मृतकका भाई चित्र बहादुर चलाउनेका अनुसार कान्छो छोरा मुम्वइमा बस्दै आएको र जेठो छोरा नेपाल प्रहरीमा भएको बेला द्धण्द्धकालमा मारिएकोले अहिले कान्छो छोरा मात्रै छ । घरमा मृतकका श्रीमती इन्द्री चलाउने श्रीमानको मृत्युको खबरले अचेत आवस्थामा छिन् । सामान्य आर्थिक आवस्था रहेको चलाउने परिवरमा रुवाबासी चलेको छ । मृतकका भाई चलाउनेले उचित क्षतिपुर्ती र बाघ नियन्त्रण नहुँदा सम्म आफुहरु शव नवुझ्ने बताएका छन् ।
घटना स्थलमा पुगेका राप्ती सोनारी वडा न. ६ का वडा अध्यक्ष जनक बहादुर थारुले निकै दुखद घटना भएको बताउँदै उचित क्षतिपुर्ती र बाघ नियन्त्रणको लागी निरन्तर प्रयास गरिरहेको बताए । घटना स्थलमा रहेका नेकपा माओवादी केन्द्रका लुम्वीनी प्रदेश सदस्य अमर खड्काले दिन प्रतिदिन मान्छेलाई सिकार हुनु निकै दुखद भएको भन्दै राज्यले बेवास्ता गरेको उल्लेख गरे । राप्ती सोनरीका जनताको ज्युधन संग राज्यले खेलवाड गरेको भन्दै आन्दोलनको विकल्प नरहेको उल्लेख गरे ।
चलाउनेको शव पोष्ट मार्टमका लागी नेपालगन्ज लगिएको छ । यस अघि, राप्ती सोनारी ६ कै ३२ बर्षिया चादनी थारु र वडा न. ४ कै ५६ बर्षिया लिला विष्ट राप्ती सोनारी १ गाभर र बासखोलीको जंगलमा गरेर घले आक्रमण गरि ४ जनाको ज्यान लिएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्