गोर्खा यूनाईटेड स्कुलद्वारा चार पटकसम्म लगातार मेयर कप रनिङ्ग शिल्डकाे उपाधि




काेहलपुर ।

यस पटक पनि मेयर कप रनिङ्ग शिल्डको उपाधि गोर्खा यूनाईटेड स्कुलले जितेको छ । हालै सञ्चालन भएको पाँचौं अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा गोर्खा स्कुलले फेरी पनि उपाधि जितेको हो ।

यस वर्षमा पनि गोर्खा यूनाईटेड स्कुलले ८ स्वर्ण, रजत ४ र काष्य १ प्राप्त गरी मेयर कप प्रतियोगितामा प्रथम उपाधि जित्न सफल भएको हो ।
भने यस्तै गोर्खा यूनाईटेड स्कुलले २०७४ सालमा ९ स्वर्ण, रजत २ र काष्य ४ ल्याई प्रथम उपाधि जितेको थियो भने २०७५ सालमा १० स्वर्ण, रजत २ र काष्य ४ ल्याएर उपाधि जितेको थियो ।

यस्तै २०७६ सालमा वर्षमा पनिगोर्खा यूनाईटेड स्कुलले १४ स्वर्ण, रजत ५ र काष्य २ प्राप्त गरी मेयर कप प्रतियोगितामा प्रथम उपाधि जित्न सफल भएको थियो ।

प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार