काेहलपुर ।
यस पटक पनि मेयर कप रनिङ्ग शिल्डको उपाधि गोर्खा यूनाईटेड स्कुलले जितेको छ । हालै सञ्चालन भएको पाँचौं अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा गोर्खा स्कुलले फेरी पनि उपाधि जितेको हो ।
यस वर्षमा पनि गोर्खा यूनाईटेड स्कुलले ८ स्वर्ण, रजत ४ र काष्य १ प्राप्त गरी मेयर कप प्रतियोगितामा प्रथम उपाधि जित्न सफल भएको हो ।
भने यस्तै गोर्खा यूनाईटेड स्कुलले २०७४ सालमा ९ स्वर्ण, रजत २ र काष्य ४ ल्याई प्रथम उपाधि जितेको थियो भने २०७५ सालमा १० स्वर्ण, रजत २ र काष्य ४ ल्याएर उपाधि जितेको थियो ।
यस्तै २०७६ सालमा वर्षमा पनिगोर्खा यूनाईटेड स्कुलले १४ स्वर्ण, रजत ५ र काष्य २ प्राप्त गरी मेयर कप प्रतियोगितामा प्रथम उपाधि जित्न सफल भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्