Kohalpur Today Header Ads

एन्टि डोपिंग अभियानमा नेपालको समर्थन




संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन सोमबार नेपालले आफ्नो प्रस्तुती राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्तब्य राखेका हुन । नेपाली टोलीको प्रतिनिधित्व गर्दै दुबई पुगेका मन्त्री अथकले कार्यक्रमको पहिलो दिन नै मन्तब्य राखेका हुन ।

खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा आफ्नो मन्तब्य राख्दै मन्त्री अथकले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टि डोपिंग संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया शुरु गरेको र आगामी दिनमा एन्टि डोपिंग सम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताए ।

कार्यक्रममा नेपालको प्रयासको सहभागी राष्ट्रहरुले सराहना समेत गरेका थिए । मार्च १४ देखी १५ सम्म जारी उक्त बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गरेको छ । जस अनुसार खेललाई स्वच्छ बनाउन एन्टि डोपिंग संस्थाहरुलाई थप प्रभावकारी वनाउने कुरामा जोड दिइएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १ गते मंगलबार