उपमेयर छात्रा क्रिकेट प्रतियोगिता : जनज्योति र त्रिभुवन विजयी

कोहलपुर नगरपालिका स्तरीय अन्तर माध्यमिक उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा जनज्योति पब्लिक हाइस्कुल र त्रिभुवन नमूना माध्यमिक विद्यालय विजय भएका छन् ।

शनिबारदेखी सुरु भएको उपमेयर छात्रा क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बालशिक्षा विद्यालयलाई २ विकेटले पराजित गर्दै त्रिभुवन मावि बिजयी भएको हो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको त्रिभुवनले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १ सय २ रन जोडेको थियो । त्रिभुवनका लागि कप्तान सुरक्षा परियारले २३, एलिना सिंहले १७, नितु सुनार १६ र सुमन शाहीले १२ रन जोडेका थिए । जवाफमा १ सय ३ रनको लक्ष्य पछ्याएको बालशिक्षा १० ओभरमा ६ विकेट गुमाउँदै ६८ मै सिमित भएके थियो ।

शनिबार नै सम्पन्न दोस्रो खेलमा मिसन पब्लिक विद्यालयलाई हराउँदै जनज्योति हाइस्कुल बिजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जनज्योतिले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १ सय १८ रन जोडेको थियो ।

जसका लागि कप्ताङ विमला खड्काले सर्वाधिक ६४ तथा सुहाना जिएमले १८ रन जोडेकी थिईन । दोस्रो ईनिङ्मा १ सय १९ रन पछ्याएको मिसन पब्लिक १० ओभरमा ५ विकेट गुमाउँदै ३२ रन समेटिएपछि जनज्योति हाइस्कुल बिजयी भएको हो ।

भोली(आइतबार) पहिलो खेलमा त्रिभवन र जनज्योति हाइस्कुलको खेल हुने बालशिक्षा आविका प्रअ टर्क खत्रीले जानकारी दिएका छन् । उनका अनुसार सेमि फाइनलका लागि भोली (आइतबार) नै सेमिफाइनलका लागि बालशिक्षा र मिसन पब्लिक खेल्ने बताए ।

उनका अनुसार प्रतियोगितामा ५ टिम सहभागि भएको प्रअ खत्रीले जानकारी दिए । यस्तै भोली(आइतबार) खेल बिहान १० बजेबाट खेल सुरु हुनेछ ।