नेपाली कांग्रेस सभापतिको मतगणना सकियो, कसको कति मत ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । सभापतिमा कूल ४६७९ मतगणना हुँदा शेरबहादुर देउवाले २२५८, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९, कल्याण गुरुङले २० मत ल्याएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन अनिवार्य हुने व्यवस्था कांग्रेस विधानले गरेको छ । जसअनुसार सभापति जित्न २३४० मत चाहिने छ ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।