
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका—१ कौशिलानगरमा रहेको भिमकला अक्षयकोषको प्रतिमा र स्मारक प्रतिमाको अनावरण गरिएको छ ।
शुक्रबार कोलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर विकको सभापतित्वमा भिमकला अक्षयकोषको प्रतिमा र स्मारक प्रतिमाको अनावरण गरिएको हो ।

समाजसेवी कमला देवी मल्लले स्व.भिम बहादुर मल्लको स्मृतिमा विद्यालयलाई १८ लाख रुपैयाको अक्षयकोष स्थापना गरेकी थिइन् सो कामको उच्च मुल्याङ्कन गर्दै स्व. भिम बहादुर मल्लको स्मारक प्रतिमाको अनावरण गरिएको विद्यालयका प्राध्यानापक दिलीप वलीले जानकारी दिए ।
महावु गाउँपालिका ५ दैलेख निवासी भद्र बहादुर शाही र गौरा शाहीको कोखबाट जन्म लिएकी र कर्मभूमि विरेन्द्रनगर ५ सुर्खेत भई हाल कोहलपुर नगरपालिका वडा नंं. ६ बसोबास छ कमलादेवी मल्लको ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण आचार्यले गरिब, असाहय, अपाङ्ग, विपन्न वर्ग समुदायका बालबालिकाहरुको छात्रवृत्ति प्रदान गरुन भन्ने शुद्ध उदेश्यका साथ सहयोग गर्नुहुन कमलादेवी मल्ललाई कृतज्ञता व्यक्त गरे ।

‘५० वर्ष पहिले महिलाले पढ्न पाउँदैनथे,’ उनले भने, ‘आमा (कमलादेवी मल्ल) ले र्दुगामी सोच लिएर विद्यालयमा अक्षयकोष स्थापना गर्नुभयो ।’
कोहलपुरका औलामा गन्नेहरु धनीवर्ग छन् तर कोहलपुरका अन्य कुनैपनि विद्यालयमा यस्ता सहयोगी भावना उत्प्रेरणा जगाउन यसले सहयोग हुने विश्वास लिएको बताए । आचार्यका अनुसार धन भएर मात्र होइन मन चाहिने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड कोहलपुरका प्रमुख लक्ष्मी प्रसाद अधिकारी, वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसी, ५० हजार रकमको छात्रवृति अक्षयकोष निर्माण गर्नुहुने समाजसेवी खंविलाल दसौदी, शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविलाल मिजार लगायत वडा सदस्य, पूर्व वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधि लगायत अभिभावक, शिक्षक र विद्यार्थी लगायतको उपस्थित रहेको थियो ।




कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्