नेपालकैै उत्कृष्ट घरेलु महासंघ कोहलपुर




कोहलपुर ।

बाँके जिल्लाको कोहलपुर नगरपालिकामा रहेको घरेलु महासंघ नेपालमै उत्कृष्ट बनेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर शाखाका अध्यक्ष हेम विक्रम जिसी अध्यक्ष छन् ।

महासंघका अध्यक्ष लगायत पदाअधिकारीहरुले २ वर्षमा नेपाकै उत्कृष्ट घरेलु महासंघ बनाउन सफल भएका छन् । कोहलपुरमा २०७६ महोत्सव सञ्चालन गरी सोही रकमबाट भवनको निर्माण गरे । यति मात्र होइन, लकडाउनको समयमा विभिन्न गरिब, विपन्न वर्गका परिवारलाई सहयोग समेत गरेका थिए । घरेलु महासंघले व्यवसायीहरुका समस्याहरुलाई प्रत्यक्ष रुपमा समाधान गरिरहेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशनका अवसरमा कोहलपुर शाखालाई उत्कृष्ठ शाखाका रुपमा चयन गरीएको हो । देशभरका पालिकाहरुमध्ये आफ्नै भवन निर्माण गरि सेवा प्रवाह गर्ने कोहलपुर शाखा उत्कृष्ट हुन सफल भएको कोहलपुर शाखाका महासचिव चिन्तामणी उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फागुन २८ गते शनिबार