कोहलपुरमा मानव बेचविखन तथा ओसारपसार समितिको वार्षिक समिक्षा




कोहलपुर ।

कोहलपुर नगरपालिकामा रहेको मानव बेचविखन तथा ओसारपसार समितिको वार्षिक समिक्षा गरेको छ ।

शुक्रबार कोहलपुर नगरपालिकाको महिला बालबालिकाको आयोजनामा मानव बेचविखन तथा ओसारपसार समितिले वार्षिक समिक्षा गरेको हो । माइती नेपाल बाँकेका संयोजक केशव कोइरालाका अनुसार चालु आर्थिक वर्षमा नेपाल प्रहरी र माइती नेपालको तथ्थांक अनुसार कोहलपुरमा २० जनाको उद्धार गरिएको जानकारी दिएका थिए ।

कोहलपुर नगरपालिका प्रमुख तथा मानव बेचविखन ओसारपसारका संयोजक लुट बहादुर रावतले प्रत्येक वडाहरुमा समिति गठन भई काम भइरहेको बताए । समितिहरुले विद्यालय स्तर, टोल स्तर र मानव बेचविखन तथा ओसारपसार सम्बन्धी अभिमूखिकरण कार्य क्रम समेत गरिरहेको प्रमुख रावतले बताए ।

यस्तै वडा अध्यक्ष र सचिवहरुले आफ्नो वडामा भएको बार्षिक प्रगतिबारे चर्चा समेत गरेका थिए ।  यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, महिला बालबालिका शाखाकाकी अधिकृत घटना शाह, वडा अध्यक्ष, सचिव र अन्य समितिका पदाअधिकारीको समेत उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २७ गते शुक्रबार