रुकुम पश्चिममा स्वतन्त्र सहित ५ जनाले उम्मेदवारी र्फिता लिए




शुदाम शर्मा । रूकुम पश्चिम ।

रुकुम पश्चिममा स्वतन्त्र उम्मेदवार सहित ५ जनाले उम्मेदवारी र्फिता लिएका छन् ।

गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारहरूलाई सघाउने गरी रुकुम पश्चिमबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका नेपाली काँग्रेसका नेता मानबहादुर नेपाली, लालबहादुर महत  र प्रदेशसभा १ मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता कृष्णबहादुर रोकायले उम्मेदवारी र्फिता लिएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवारी भिमदत्त खड्का, प्रदेश सभा क्षेत्र नं. २ मा उम्मेदवारी दिएका काँग्रेस नेता खडक डाँगीले उम्मेदवारी र्फिता लिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधबार